Breaking News

इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर २०२२ अवार्ड’ बाट सम्मानित

Jul Sun 2022 02:15:11

461 views

इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर २०२२ अवार्ड’ बाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर २०२२ अवार्ड’ बाट सम्मानित भएकी छन् । विगत १५ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गरिरहेको बासुकला उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनका उपाध्यक्ष बासुकला प्राधिकरणको फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखामा उपनिर्देशकको भूमिकामा कार्यरत छिन् । 

एशिया प्यासिफिक टेलिकम्युनिटीबाट साउथ एशिया टेलिकम्युनिकेसन रेगुलर काउन्सिलको लिड एक्सपर्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन) २०२२, नेपाल इन्जिनियर्स एसोसिएसनको ६० औं इन्जिनियर दिवसमा युथ आउथस्ट्यान्डिङ प्रोफेसनल अवार्डबाट समेत पाएकी छन् ।  

अन्नपूर्ण एक्सप्रेसबाट फिफ्टी भिजिनरिज फर नेपाल, काठमाडौं पोष्टबाट टप टेन वुमन तथा नेपाल दूरसञ्चार प्राधिकरणबाट उत्कृष्ट कर्मचारी, रोबोटिक्स एशोशिएसन अफ नेपालबाट वुमन चेन्ज मेकर लगायत सम्मान पाएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?