Breaking News

क्यानको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला

Aug Sat 2022 03:21:36

416 views

क्यानको  ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रबृतिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागी आवेदन खुल्ला गरेको छ । 

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ भने २०७९ साल भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा हुनेगरी कार्यक्रम मिलाईएको जनाएको छ ।

यो छात्रबृति काठमाण्डौंको मैतीदेविमा रहि विगत दुई दशकभन्दा बढि समय देखि सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज - लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा शुरु गरिएको हो । यो छात्रबृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रबृद्धि प्रदान गर्न लागिएको महासंघले जनाएको छ ।  

‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरिने महासंघले जनाएको छ । 

ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुराउनमा यस कार्यले टेवा पुर्याउदै आएको छ । विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।  

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रबृति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिने जनाएको छ ।   

क्यान महासंघ र कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् । छात्रबृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको संबंधनमा सञ्चालीत लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत विएससी आईटी को अध्ययन गर्न पाउनेछन् ।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रबृतिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?