Breaking News

इन्टरनेट सेवा जुनसुकै बेला डाउन हुन सक्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण

Jan Tue 2023 01:09:38

526 views

इन्टरनेट सेवा जुनसुकै बेला डाउन हुन सक्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण

इन्टरनेट सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको भन्दै सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेको छ।  काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले विद्युत प्राधिकरणले एकलौटी रुपमा बढाएको अचाक्ली पोलभाडा नतिरेको भन्दै आफूहरुलाई अनावश्यक दबाब दिइरहेकाले हस्तक्षेप गर्न अपिल गरेको हो ।

विद्युत प्राधिकरणले काठमाडौं, ललितपुर, विराटनगर, इनरुवा, काँकडभित्ता, गौरीगंज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, धनकुटा, दुहबीलगायतका स्थानहरुमा इन्टरनेटको तार काटेको संघले जनाएको छ। 

तार काट्ने क्रम बढ्दै गएको भन्दै आइस्पानले इन्टरनेट सेवा सहज रुपमा संचालन गर्न असमर्थ हुने भन्दै जुनकुनै बेला देशभर इन्टरनेट डाउन हुन सक्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गरेको छ। 

संघका अध्यक्ष सुधीर पराजुलीले सरकारको डिजिटल नेपाल अभियानमा सरकारकै लगानी भएको कम्पनीले बाधा पुर्‍याइरहेको आरोप लगाएका छन्। 

पराजुलीले विद्युत प्राधिकरणले बढाएको पोलभाडा विवाद समाधान गर्न दुईरदुई वटा समिति बनेको भएपनि विवाद समाधान नभएको बताए। पछिल्लो पटक गठन भएको समितिले आफ्नो प्रतिवेदन दिएको करिब १४ महिना भइसक्दा पनि प्राधिकरणले त्यसलाई आफ्नो बोर्डमा लगेर थन्क्याएको पराजुलीको दुखेसो छ। सो समितिले भाडादर वृद्धिको भार उपभोक्तामा पर्न जान नहुने र यो वृद्धि डिजिटल नेपालको मर्म विपरित रहेको ठहर गरेको आइस्पानले स्पष्ट पारेको छ। 

प्राधिकरणले पटकपटक इन्टरनेट काटेको भन्दै क्यान महासंघले पनि विरोध जनाएको छ। इन्टरनेट सेवा प्रदायकहरुको समस्यालाई सरकारले गम्भीर रुपमा लिएर समाधानको बाटोमा लैजानुपर्ने क्यान महासंघका महासचिव चिरञ्जिवि अधिकारीले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?