Breaking News

नेपालमा पनि स्याटलाइट इन्टरनेट दिने स्टारलिङ्कको योजना

Feb Wed 2023 04:20:41

324 views

नेपालमा पनि स्याटलाइट इन्टरनेट दिने स्टारलिङ्कको योजना

एलन मस्कको कम्पनी स्पेसएक्सले नेपालमा पनि स्टारलिङ्क इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो वेबसाइटमा २०२३ देखि नेपालमा इन्टरनेट सेवा सुरु हुने उल्लेख गरेको छ ।

हालसम्म ४७ भन्दा बढी देशमा स्टारलिङ्क उपलब्ध छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा नेपालमा पनि २०२३ भित्रै सेवा विस्तार गर्ने योजना ल्याएपनि औपचारिक रुपमा नियामकसँग अनुमतिपत्रका लागि निवेदन दिएको छैन ।

कम्पनीको वेबसाइटमा सन् २०२३ मा नेपालसहित भुटानमा पनि इन्टरनेट सेवा सुरु गर्ने उल्लेख गरेको छ । त्यस्तै बंगलादेशमा सन् २०२४ देखि सेवा सुरु गर्ने उसको योजना छ ।

तर नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यसबारे आधिकारिक प्रस्ताव नआइसकेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?