Breaking News

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा सुधीर पराजुली

Feb Wed 2023 04:24:23

342 views

इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा  सुधीर पराजुली

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली पुनः दोहोरिएका छन् । सोमबार सम्पन्न आईस्पानको २२औँ साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरेको हो ।आईस्पानका तत्कालीन वरिष्ठ सल्लाहकार विनय बोहरा र तत्कालीन उपाध्यक्ष प्रमेश खरेलको प्रस्ताव तथा तत्कालीन सल्लाहकार मनोज अग्रवाल र तत्कालीन महासचिव नवीनकुमार श्रेष्ठलगायतकाे समर्थनमा पराजुली अध्यक्ष पदमा सर्वसम्मत चुनिएका हुन् ।

त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा मनोज अग्रवाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् ।  कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा कमलप्रसाद बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा सर्वसम्मत भए ।

संस्थाको सल्लाहकारमा  विनय बोहरा, विनयमोहन साउद र प्रमेश खरेल रहेका छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुवास खड्का दोहोरिए ।

त्यस्तै यसपटकको साधारणसभाले पहिलो पटक फङ्सनल कमिटी पनि बनाएको छ, जसमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?