Breaking News

नेटफ्लिक्सले 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने

Feb Wed 2023 04:28:13

236 views

नेटफ्लिक्सले 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने

नेटफ्लिक्सले आउँदो मार्च महिनाको अन्त्यबाट 'पासवर्ड शेयरिङ' सुविधा बन्द गर्ने निर्णय गरेको छ । शेयर होल्डरहरूलाई पठाइएको एक पत्रमा कम्पनीले यो योजना लागू गर्न लागेकाे उल्लेख गरेकाे छ ।

कम्पनीको निर्णयसँगै पासवर्ड शेयर गरेर नेटफ्लिक्स हेर्ने प्रयोगकर्ता प्रभावित हुने भएका छन् । एक जनाले अकाउन्ट खरिद गर्ने र त्यसलाई साथीभाइसँग शेयर गर्ने प्रवृत्तिले कम्पनीको आम्दानीमा ठूलो असर परेको भन्दै यो कदम अघि बढाउन लागिएको बताइएकाे छ ।

यसको सबैभन्दा ठूलो असर नेपालजस्ता देशमा पर्नेछ । आफैंले डलर भुक्तानी गर्न नसक्दा विदेशमा रहेका साथीहरूको अकाउन्टमार्फत नेटफ्लिक्समा जोडिएकाहरूका लागि भने यो ठूलो असर हुनेछ ।

कम्पनीले एक व्यक्ति एक पासवर्डको व्यवस्था गर्दै पासवर्ड शेयरिङलाई बन्द गर्ने तयारी गरेको हाे । नयाँ व्यवस्था अनुसार पासवर्ड शेयर गरिएको खण्डमा यसका लागि प्रयोगकर्ताले थप शुल्क बुझाउनुपर्ने छ ।

हाल यो व्यवस्था अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर, ग्वाटेमाला लगायत देशमा लागू भइसकेकाे छ । यी देशमा प्रयोगकर्ताले प्रति होम अकाउन्टका लागि २.९९ डलर शुल्क तिर्नेपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?