Breaking News

५५ औं एशिया प्यासिफिक एडभान्स नेटवर्क (APAN) को अन्तर्राष्ट्रिय सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौंमा हुने

Mar Sun 2023 03:19:36

223 views

५५ औं  एशिया प्यासिफिक एडभान्स नेटवर्क (APAN) को अन्तर्राष्ट्रिय सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौंमा हुने

एशिया प्यासिफिक एडभान्स नेटवर्क Asia Pacific Advanced Network ( APAN) को ५५ औं अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।  ५५ औं सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने भएको हो । सम्मेलनमा ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरुको ज्ञान र अनुभव शेयर गरिनेछन्। 

यस सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरुबीच छलफल हुनेछ ।

यस सम्मेलनमा दुईजना नेपालीसहित ४ जना व्यक्तिहरुले मुख्य वक्ता को रुपमा सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसका साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ ।

२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धित संस्थाहरुबाट १५० गरी ३३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । साथै २०० भन्दा बढि व्यक्तिहरु अनलाइनका माध्यमवाट सहभागी भएर ज्ञान र अनुभव प्राप्त गर्न सक्नेछन् ।

नेपालमा पहिलोपटक हुन लागेको यस एप्यान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पऱ्याउने अमात्य बताउँछन् ।  

यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्बन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ ।

यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्बन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ ।

साथै विभिन्न देशका प्रतिनिधिसँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदाय सँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

सम्मेलनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यका साथै नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, Ruijie Networks, APNIC, Internet Society, Asi@Connect, e-Hualu लगायतका संस्थाहरुले सहयोग रहनेछ । सम्मेलनको लागि आवश्यक इन्टरनेट व्याण्डविथ वर्ल्डलिंक र सुबिसुले  उपलब्ध गराउने भएका छन् ।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क  (NREN) ले नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पाँच दिने सम्मेलन नेपालमा गर्न लागेको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?