Breaking News

सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !

Mar Mon 2023 02:41:26

283 views

सिक्सजी प्रविधि २०३० भित्र आइसक्ने भविष्यवाणी !

अहिले शोध र अध्ययनकै क्रममा रहेको सिक्सजी प्रविधि यो दशकको अन्त्यसम्म अर्थात सन् २०३० भित्रमा सार्वजनिक प्रयोगमा आइसक्ने दूरसञ्चार सेवा प्रदायकहरूले जनाएका छन् । यसबारे धेरै कुरा आगामी वर्षहरूमा प्रष्ट हुँदै जाने उनीहरूले बताएका छन् ।

मोबाइल इन्टरनेटमा फाइभजी प्रविधिकै प्रयोगमा कठिनाइ र ढिलासुस्ती भइरहेको अहिलेको अवस्थामा विश्वका ठूला टेलिकम कम्पनी प्रमुखहरूले भने सिक्सजी प्रविधि सन् २०३० भित्रमा आइसक्ने भविष्यवाणी गरेका छन् । फाइभजी प्रविधिको शोध र पूर्वाधार स्थापनामा गरिएको सयौं अर्ब डलर लगानीको प्रतिफल उत्साहजनक नरहेको र संसारभरमै यो प्रविधिको विस्तार सोचेभन्दा ढिलो गतिमा भइरहेको परिप्रेक्षमा टेलिकम क्षेत्रका विज्ञहरूको यो अनुमान सार्वजनिक भएको हो ।

सन् २०१९ देखि चीन, अमेरिका र दक्षिण कोरियामा शुरू भएको फाइभजी प्रविधिको विस्तार अहिले पनि जारी छ । पछिल्लो फोरजी प्रविधिभन्दा अत्यन्तै छिटो र स्तरीय हुने दाबी गरिएको फाइभजीप्रति कोभिड र आर्थिक मन्दी लगायत कारणहरूले विश्वव्यापी रूपमै ग्राहकको आकर्षण उल्लेख्य नरहेको टेलिकम विज्ञहरूको ठहर छ । ‘भारत लगायत देशहरूले अत्यन्तै द्रुत गतिमा फाइभजी प्रविधिको विस्तारका लागि पूर्वाधारमा काम गरिरहेका छन्,।

सिक्सजीका लागि अध्ययन र पहल जारी राख्दै फाइभजी सेवा विस्तारमा आफूहरूको ध्यान हुने टेलिकम प्रमुखहरूको भनाइ छ । फाइभजीमै प्रगति बाँकी रहेकाले अहिले सिक्सजीको कुरा गर्दा सेवाग्राही अन्योलमा पर्ने उनीहरूको बुझाइ छ । हाल अधिकांश फाइभजी नेटवर्कहरू फोरजीकै उपकरण र प्रविधिमाथि बनिरहेको भए पनि अब फाइभजीकै लागि विशुद्ध प्रविधि सार्वजनिक गर्ने तरखरमा सेवाप्रदायकहरू लागिपरेका छन् । । सिक्सजी ल्याउनुअघि फाइभजीलाई सुदृढ गर्नु आवश्यक रहेको उनीहरूको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?