Breaking News

च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

Mar Mon 2023 03:23:24

418 views

च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

माइक्रोसफ्टले एआई भिडियोको साथमा च्याटजीपीटी फोर सार्वजनिक गर्ने भएको छ । अहिलेसम्म च्याटजीपीटी ३.५ भर्सनमा चलिरहेको छ र अब भन्ने माइक्रोसफ्टले फोर भर्सन सार्वजनिक गर्ने भएको हो ।

यसले थोरै टेक्स्ट निर्देशन अनुसार एआई भिडियो पनि बनाउन सक्नेछ । यसबारेमा माइक्रोसफ्ट जर्मनीका प्रमुख प्रविधि अधिकारी एन्ड्रीयर ब्राउनले जानकारी दिएका हुन् ।

च्याटजीपीटी फोरले भिडियो, इमेज, साउण्ड, नम्बर जस्ता विभिन्न डेटाहरुलाई प्रोसेस गर्न सक्ने छ । यसबाटै फिल्मको स्क्रीप्ट लेख्न मिल्ने, एआईबाटै फिल्मका लागि कलाकार बनाउन मिल्ने र पोस्ट गर्न समेत सम्भव रहेको साइबरसुरक्षा विज्ञचार्ल्स एवुजी बताउँछन् ।

च्याटजीपीटी फोर मार्फत एआईले प्रयोगकर्ताको टेक्स्टलाई इमेज, म्युजिक वा भिडियोमा समेत अनुवाद गर्न सक्ने माइक्रोसफ्टले बताएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?