Breaking News

ट्विटरमा गोल्डेन टिकको शुल्क एक हजार डलर

Mar Wed 2023 03:23:23

306 views

ट्विटरमा गोल्डेन टिकको शुल्क एक हजार डलर

माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरमा गोल्डेन टिक (भेरिफाइड चेक मार्क) का लागि कम्पनीहरूले प्रत्येक महिना एक हजार डलर अर्थात झन्डै ८२ हजार रुपैयाँ तिर्नुपर्नेछ। यति मात्र होइन । अब कम्पनीहरूले आफ्नो ट्विटर अकाउन्टसँग जोडिएका अन्य खाताका लागि प्रति महिना ५० डलर अर्थात् करिब ४ हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।

ट्वीटरले पनि अप्रिल १ बाट आफ्नो लिगेसी प्रमाणीकरण कार्यक्रमलाई ‘फेज आउट’ गर्न थाल्ने बताएको छ। यस अन्तर्गत, कम्पनीले प्रयोगकर्ताको खाताबाट ब्लू टिक हटाउन सुरु गर्नेछ। यसको असर सिधै प्रयोगकर्ताको खल्तीमा पर्नेछ ।

निस्शुल्क ब्लु टिक प्रयोग गर्ने प्रयोगकर्ताले पैसा तिरेर ट्विटर ब्लूको सेवा लिए पनि निलो टिक भने रहनेछ तर कानुनी रूपमा प्रमाणित भएको ट्याग हटाइनेछ। ट्विटरले राजस्व वृद्धि गर्न शुक्रबार प्रमाणीकरण कार्यक्रम घोषणा गर्‍यो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले प्रमाणित संस्थासँग आबद्ध जो कोहीको खाता स्वतः प्रमाणित हुने पुष्टि गरेका थिए। ट्विटरले नयाँ भेरिफाइड अर्गनाइजेसन कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत अब सबै ट्विटर खाताहरू प्रमाणीकरण हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?