Breaking News

‘च्याटजिपिटी’ लाई इटालीमा पहिलो प्रतिवन्ध

Apr Sun 2023 02:59:39

239 views

‘च्याटजिपिटी’ लाई इटालीमा पहिलो प्रतिवन्ध

ओपन एआई कम्पनीको च्याटजिपिटी माथि इटाली सरकारले प्रतिवन्ध लगाएको छ । इटालीको प्राइभेसी वाचडगले व्यक्तिगत डाटा सुरक्षाको विषयलाई लिएर प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टालियन डाटा संरक्षण प्राधिकरणले च्याटजिपिटीले प्राइभेसी सुरक्षालाई सम्मान नगरेसम्म प्रयोगकर्ताहरुको डाटा सुरक्षाको लागि अस्थायी प्रतिवन्ध लगाएको छ । ओपन एआईले शुक्रबार इटालीले च्याटजिपिटीलाई प्रयोगमा निस्क्रिय गराएको भन्दै इयुको जनरल डाटा प्रोटेक्सनलाई जानकारी गराएको छ ।

ओपन एआईले प्रयोगकर्ताहरुको डाटा गोपनियता संरक्षण गर्न प्रतिवद्ध रहेको र कानूनको पालना गर्ने जनाएको छ । खासगरी इटालियन वाचडगले आफ्नो बयानमा च्याटबोटले कसरी सूचना प्रशोधन गर्छ भन्ने विषयमा चिन्ता र आशंका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?