Breaking News

एआई प्रविधिले बनायो बहाव चलचित्रको पोस्टर

Apr Tue 2023 12:43:05

425 views

एआई प्रविधिले बनायो बहाव चलचित्रको पोस्टर

आहिले इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ।  च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ। यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ। 

प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी (एआई) बाट चलचित्र ‘बहाव’ को पोस्टर तयार गरिएको छ। मुख्य पात्र सुरक्षा पन्तको तस्बिर र कथावस्तुको जानकारी राखिएपछि रिरीले तयार गरेको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ। परीक्षणमै रहेको रिरीमार्फत तयार भएको पोस्टर कथावस्तुको भावअनुसार नै रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए । 

उनले रिरी अहिले परीक्षणमै रहेकाले सार्वजनिक सेवाका निमित उपलब्ध नभएको जानकारी दिए । निर्माता पौडेलले यस अगाडि नेपाल सरकारबाट प्रदान गरिने ‘राष्ट्रिय पुरस्कार’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । 

परीक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले निःशुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने तयारी गरिरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?