Breaking News

ट्वीटरमा देखिएको ‘कुकुर’ को चित्र को वास्तविकता

Apr Thu 2023 05:10:06

205 views

ट्वीटरमा देखिएको ‘कुकुर’ को चित्र को  वास्तविकता

ट्वीटरमा एकाएक 'ब्लु बर्ड' (निलो चरा) को ठाउँमा कुकुरको लोगो देखियो । बिना कुनै जानकारी वा सूचना आफ्नो फिडमा एक्कासी कुकुरको फोटो देख्दा प्रयोगकर्ता चकित भए । 

धेरैले आफ्नो फिडमा ट्वीटरको आधिकारिक लोगो परिवर्तन भएको देखेर विभिन्न जिज्ञासा राखेका छन् । केहीले यो केवल एक ठट्टा भएको अड्कल गरे ।ट्वीटरका मालिक एलन मस्कले एक ट्वीट गर्दै लोगो परिवर्तन गरेको स्पष्ट पारे । उनले सांकेतिक रूपमा निलो चराको चिन्ह पुरानो भएको भन्दै कुकुरको फोटो राखेर मिम (मजाकका लागि बनाइएको पोस्ट) ट्वीट गरे । 

अहिले ट्वीटरमा भएको नयाँ लोगोलाई लिएर ह्याशट्याग डज (#DOGE) ट्रेन्डिङमा छ । ट्वीटरमा लोगो परिवर्तन भएसँगै 'डजक्वाइन' (Dogecoin) को चर्चा र मूल्य दुवै उचालिएको छ । डजक्वाइन एक क्रिप्टोकरेन्सी हो, जसमा उक्त कुकुरको तस्वीर राखिएको छ ।  

डजक्वाइनलाई सफ्टवेयर इन्जिनियर बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा तयार पारेका थिए । खासमा यो क्वाइनको सुरुवात बिटक्वाइन (अर्को क्रिप्टोकरेन्सी) को मजाक उडाउन गरिएको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?