Breaking News

एलन मस्कले ट्वीटरको नाम परिवर्तन गरेर ‘टिटर’ राखे

Apr Tue 2023 02:07:36

190 views

एलन मस्कले  ट्वीटरको नाम परिवर्तन गरेर ‘टिटर’ राखे

काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन गर्ने कुरामा सहमति जनाएका थिए ।

त्यसको एक वर्षमा मस्कले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले कम्पनीको नामबाट 'डब्लू’' अक्षर हटाएर कम्पनीको नयाँ नाम टिटर (Titter) राखेको बताएका छन् । 

अमेरिकाको सानफ्रान्सिस्को स्थित ट्वीटरको मुख्य कार्यालयमा रहेको साइनबोर्डमा कम्पनीको नाम परिवर्तन भएको छ । ट्वीटर शब्दबाट 'डब्लू' (W) अक्षर हटाएर कम्पनीको नाम टिटर राखेको मस्कको भनाइ छ ।

ट्वीटरको मुख्यालयमा भएको बोर्डमा 'डब्लू' मेटिएको देखेपछि सामाजिक सञ्जालमा धेरैले उक्त फोटो फोटोशप गरिएको आशंका गरेका थिए । सोमबार मस्कले एक ट्वीट गर्दै कम्पनीको नामबाट 'डब्लू' मेटाइएको पुस्टि गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?