Breaking News

चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

Apr Tue 2023 02:16:11

271 views

चन्द्रमामा फोरजी इन्टरनेट विस्तार गर्दै नोकिया

नोकियाले यसै वर्ष चन्द्रमामा फोरजी मोबाइल नेटवर्क विस्तार गर्ने योजना ल्याएकाे छ । चन्द्रमा अन्वेषण गर्न सघाउ पुर्‍याउने र विभिन्न सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ कम्पनीले फोरजी सेवा विस्तार गर्न लागेको हो ।

बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस मा बाेल्ने क्रममा कम्पनीका प्रमुख इन्जियर लुइस मेस्ट्रो रुइज डे टेमिनोले नाेकियाकाे नयाँ परियाेजनाबारे जानकारी दिएका थिए ।

तयारी अनुसार परियोजना अघि बढे सन् २०२३ भित्रै चन्द्रमामा फाेरजी नेटवर्क विस्तार गर्ने तयारीमा कम्पनीकाे जुटेकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनबीसी अनुसार चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नाेकियाले अमेरिकी अन्तरिक्ष कम्पनी ‘इन्ट्युटिभ मसिन’ ले डिजाइन गरेको नोभा-सी लुनार 'ल्यान्डर'मा भण्डारण गरिएको एन्टेना बेस स्टेसनको सहयोग लिनेछ ।

सोलर-पावरको सुविधा भएको उक्त ल्यान्डर र रोभरबीच फोरजी कनेक्सन स्थापना गरिनेछ । यो सबै पूर्वाधार चन्द्रमाको दक्षिणी भागमा रहेको शेकलटन क्रेटरमा अवतरण हुनेछ । कम्पनीले यी पूर्वाधारलाई चन्द्रमाको वातावरण अनुकूल बनाएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?