Breaking News

वैज्ञानिकको अर्को चमत्कार ! अब एआई प्रयोग गरी मरेका व्यक्तिहरूसँग कुरा गर्न सकिने

Apr Wed 2023 02:15:02

401 views

वैज्ञानिकको अर्को चमत्कार ! अब एआई प्रयोग गरी मरेका व्यक्तिहरूसँग कुरा गर्न सकिने

अमेरिकाको  डा. प्रतीक देशाईले सन् २०२३ भित्रै एउटा यस्तो प्रविधि सार्वजनिक गर्ने बताएका छन्, जसले मरेका मानिसहरूलाई ज्युँदा मानिससँग नजिक बनाइरहने छ । उनले एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् ।

ती  वैज्ञानिकले मानिसहरूलाई आफ्ना प्रिय व्यक्तिहरूको र आफ्नो वृद्धरवृद्धा अभिभावकको भिडिओरअडियो रेकर्ड गरेर कम्प्युटरमा राख्नका लागि अनुरोध गरिरहेका छन् ।

उनले लेखेका छन्, आफ्ना अभिभावक, वृद्धरवृद्धा र प्रिय व्यक्तिहरूलाई नियमित रुपमा रेकर्ड गर्न सुरु गर्नुहोस् । पर्याप्त डेटा, आवाज र भिडिओ उपलब्ध भएको खण्डमा मानिसहरू मरेर पनि टाढा नहुने अवस्था आउनेछ । यो वर्षको अन्त्यसम्ममा यो सम्भव हुनसक्छ ।

डा। देशाईले च्याटजीपीटीजस्तै आफ्नै छुट्टै प्रविधि विकास गरेका छन् ।  मरेका मानिसहरूको अवतार बनाएर कम्प्युटरमा अन्तर्क्रिया गर्न सकिने उनको दाबी छ । यो प्रक्रियामा मानिसको फोटो, भिडिओ र अडियोलाई डिजिटलाइज गरिनेछ ।

त्यसपछि सो डेटा एआई प्रणालीमा अपडेट गरिनेछ । उक्त एआईले ती सबै डेटा अध्ययन गरेपछि सो व्यक्तिको अवतार डिजाइन गरिनेछ । मानिसले मरेका मानिसको अवतारको डिजाइन आफैं बनाउन सक्नेछन् ।

उक्त अवतारले ज्युँदो मानिसले जस्तै अन्तर्क्रिया गर्नेछ । यसको अर्थ हो, मरेका मानिसलाई भर्चुअल मानिसको रुपमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?