Breaking News

होशियार ! इमोमार्फत पनि यसरी हुन्छ ठगी, २५ लाख ठगी गर्ने पक्राउ

Feb Tue 2020 05:40:52

454 views

होशियार ! इमोमार्फत पनि यसरी हुन्छ ठगी, २५ लाख ठगी गर्ने पक्राउ
इन्टनेट प्रविधि एवं सामाजिक सञ्जाल मार्फत नेपालीहरु ठगिने क्रम बढिरहेको छ । फेसबुक भाइवर, हाट्सप र इमोमार्फत अहिले ठगिने धेरै नेपालीहरु छन् । अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिएका छन् । 2074 फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई “रु २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए । सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत रु ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए । गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि रु २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे । उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको रु ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए । इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ । जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे । इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको रु ३६ हजार असुल भएकोे छ । -News24Nepal.TV

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?