Breaking News

भिडियो इडिट गर्न मिल्ने निःशुल्क कम्प्युटर सफ्टवेयर

Mar Mon 2023 03:52:21

286 views

भिडियो इडिट गर्न मिल्ने निःशुल्क कम्प्युटर सफ्टवेयर

तपाई पनि भिडियो बनाउने सोचमा हुनु हुन्छ । तर  निःशुल्क प्रयोग गर्न सकिने सफ्टवेयर नभएर आफ्नो सोचलाई पुरा गर्न सक्नु भएको छैन । यी पाँच वटा सफ्टवेयरबाट कुनै पनि पैसा नतिरि भिडियो सम्पादन (इडिट) गर्न सकिन्छ ।

ओपन सट

यो ओपन सोर्स सफ्टवेयर हो । यो सफ्टवेयर लिनक्स, म्याक तथा विन्डोज अपरेटिङ सिस्टममा उपलब्ध रहेको छ ।

ओपन सटमा थ्रिडि एनिमेसन, इफेक्ट, अडियो इडिट, टेक्स्ट इडिट, भिडियोको कुनै पनि पार्ट काट्न, ब्याकग्राउण्ड परिवर्तन गर्न सकिन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

विन्डोज मुभी मेकर

यसबाट भिडियो, फोटो जोड्न , फोटोको बिचमा एनिमेसन लगाउन, म्युजिक लगाउन, भ्वाइस रेकर्ड गर्न, इनिमेसन गर्न सकिन्छ । यो एकदमै सजिलो रहेको छ ।

पहिलो पटक भिडियो इडिट गर्दै हुनुहुन्छ भने यो राम्रो छ । यो सफ्टवेयर विन्डोजमा मात्र प्रयोग गर्न सकिन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नहोस ।

हिटफिल्म इक्सप्रेस

यो सफ्वेयर विन्डोज र म्याकमा मात्र प्रयोग गर्न सकिन्छ । सुरुमा यसलाई प्रयोग गर्दा जटिल भएपनि यो एकदमै राम्रो निःशुल्क भिडियो इडिटिङ टुल हो । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

आई मुभि

आई मुभि एप्पलका कम्प्युटरमा मात्र प्रयोग गर्न सकिन्छ । यो एकदमै सजिलो छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

सटकट

सटकट सफ्टवेयरमा अडियो इडिट गर्न, कि फ्रेम प्रयोग गर्न, इफेक्ट प्रयोग गर्न र यसमा जुनसुकै प्रकारको भिडियो इडिट गर्न सक्नु हुन्छ । यो सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?