Breaking News

शिव, सोमबार र साउन महिनाभरको महिमा सौन्दर्य

Feb Tue 2020 05:40:14

387 views

शिव, सोमबार र  साउन महिनाभरको महिमा सौन्दर्य
  • सविता उप्रेती,

sabitaसौन्दर्य साउनको । यो सौन्दर्य हिन्दू धर्मसंगै प्रकृतिसंग पनि गाँसिएर आएको छ । हिन्दू धर्मावलम्बीहरु साउनलाई देवाधिदेव महादेवको प्रिय महिनाकोरुपमा मनाउदै गर्दा प्राकृतिकरुपमा पनि साउनले छर्ने हरियालीको हर्ष आफैमा महत्वपूर्ण छ । साउनले वास्तवमा हिन्दू धर्महरुमा चाडपर्वको स्वागत मात्र गर्दैन हरेक प्राणीमा उत्साहको सञ्चार समेत गराउछ ।

साउन भगवान शिवको महिमा गाउने महिना हो । साउन भर हिन्दू धर्मालम्बीहरु के पुरुष के महिला सबै कठोर व्रतमा लीन हुने प्रचलन नै रहीआएको छ । सोमबार यसै त शिवजीको प्रिय बार मानिन्छ त्यसमाथि पनि साउनमा पर्ने सोमबारको अर्थ अझै महत्वपूर्णरुपमा लिइने गरिन्छ ।1468817848720_RoS_KTM_160718_IMG_3755

साउन सुरु भएसंगै देशभरका शिवालयमा शिवको महिमा आरम्भ हुने गर्छ । लसुन प्याज मात्र नभई मासु मदिराबाट पनि टाढा रहेर हिन्दू धर्मावलम्बीहरु कठोर व्रतमा लीन हुन्छन् भने चोखो नितो रहेर भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ । अझ बोलबम तीर्थालुहरुको बढ्दो उपस्थितिले साउनको प्रत्येक सोमबार आराध्यदेव पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको बाक्लो उपस्थिति हुने गर्दछ । महिलाहरु मेहन्दी, हरियो चुरा र हरियो वस्त्रमा नै सजिएर साउनको सम्मान गर्ने चलन छ । महामाया पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले त्यही विश्वासको आधारमा साउनको सम्मान हिन्दू धर्मावलम्बीहरुबाट हुँदै आएको छ ।

हुन त शिवको पूजाआजा बालाचर्तुदशी – मंसिर, माघे संक्रान्ति – माघ, शिवरात्री – फागुन अक्षय तृतीया – बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ । यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउनुको सांस्कृतिक महत्व रहेको छ । हरियो पोशाक लगाउँदा मनमा शान्ति, शीतलता र भद्रता पैदा हुन्छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गरिन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेको देख्न पाइन्छ ।

साउने सोमबार बिद्या प्राप्तिका लागि पनि उपयुक्त मानिन्छ । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु धर्मप्रतिको संस्कृति, संस्कार र विश्वास अझ गाढा हुदै गएको पनि प्रष्ट हुन्छ । भगवान शिवको नाममा साउन महिनामा लिइने कठोर व्रतले मानिसहरुमा सकारात्मक भावना मात्र पैदा गराएको छैन, स्वस्थ्य रहन र मासु मदिराबाट टाढा रहने सजिलो उपाय समेत बनेको छ । सकारात्मक साउनको यो सौन्र्दयलाई स्वागत गर्ने लहर आम नेपाली हिन्दूहरुमा देखिनु वास्तवमा नै गर्विलो पक्ष बनेको छ ।

-News Source : News24nepaltv.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?