Breaking News

नेपाल सरकारबाट मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मान्यता

Feb Tue 2020 05:40:28

348 views

नेपाल सरकारबाट मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मान्यता

क्यान महासंघको प्रस्ताव अनुरुप मन्त्रीपरिषदले मे २ को दिनलाई औपचारिक रुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ ।  क्यान महासंघको र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि  यो निर्णय ऐतिहासिक उपलब्धि भएको छ भने  यसबाट समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित बन्ने पक्का विश्ववास समेत पलाएको छ। यस्तो गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री प्रेम बहादुर सिंह, नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई क्यान महासंघको तर्फबाट क्यान महासंघका अध्यक्ष ई.विनोद ढकालले हार्दिक आभार एंव धन्यवाद ब्यक्त गरेका छन् । साथै विगत ७ वर्षदेखि यो दिनलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएका निजी क्षेत्रलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझ राम्रो ढंगले दिवसलाई सार्थक बनाउन सहकार्य गर्ने बाचा गरेका छन् । can-m

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?