Breaking News

अब टेलिकमका ग्राहकले ब्यालेन्स सकिँदा ‘ऋण’ पाउने

Feb Wed 2020 02:40:33

556 views

अब टेलिकमका ग्राहकले ब्यालेन्स सकिँदा ‘ऋण’ पाउने

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन गर्न ऋण (लोन) उपलव्ध गराउने भएको छ। जसअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन उपलव्ध हुनेछ ।

यो सुविधा प्रयोग गरे वापत थप कुनै शुल्क वा ब्याज नलिई उपभोक्तालाई लोन दिइने टेलिकमले जनाएको छ ।  रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट ऋण कट्टा हुनेछ ।

उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने टेलिकमको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?