Breaking News

नेपाली शेयर बजारमा १० कम्पनीको आईपीओ आउँदै, लगानीको लागि तयार रहनुहोस्

Feb Tue 2020 05:40:45

543 views

नेपाली शेयर बजारमा १० कम्पनीको आईपीओ आउँदै, लगानीको लागि तयार रहनुहोस्
चालू आर्थिक वर्षमा ८६ करोड रुपैयाँ बराबरको प्राथमिक निष्कासन (आइपीओ) आउने भएको छ । जलविद्युत् र लघुवित्त कम्पनी गरी १० वटा कम्पनीहरूले उक्त रकम बराबरको ८६ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् । ती मध्ये ७ वटा जलविद्युत् कम्पनी र ३ वटा लघुवित्त बैंक छन् । ती कम्पनीहरूले अंकित मूल्य १ सयका दरले सेयर निष्कासन गर्न लागेका हुन् । अनुमति पाएर पनि निष्कासन गरिनसकेका तथा निष्कासनका लागि बोर्डमा आवेदन दिएका कम्पनीहरूको सेयर संख्याका आधारमा उक्त तथ्यांक निकालिएको हो ।   निकट भविष्यमै सेयर जारी गर्नेहरूमध्ये नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टले नेपाल धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । नेसनल माइक्रोफाइनान्स र सिनर्जी पावर डेभलपमेन्टले आगामी आइतबार (साउन १६ गते) देखि सेयर निष्कासन गर्दै छन् । यस्तै युनाइटेड मोदी हाइड्रोपावरले ११ लाख ५० हजार कित्ता (११ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासनका लागि गत जेठ १७ गते बोर्डमा आवेदन दिएको छ । एनआईबीएल क्यापिटल मार्केट्सले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको छ । यसैगरी आँखुखोला जलविद्युत् कम्पनीले पनि ८ लाख कित्ता सेयर निष्कासन गर्दै छ । सेयर निष्कासनको जिम्मा सिभिल क्यापिटललाई दिएको यो कम्पनीले अनुमतिका लागि गत जेठ ३१ गते बोर्डमा आवेदन दिएको छ । अरुण काबेली पावर र च्याङ्दी हाइड्रोपावर कम्पनीले क्रमश: ३० लाख कित्ता र ८ लाख १० हजार कित्ता सेयर निष्कासन स्वीकृतिका लागि बोर्डमा आवेदन पेस गरेका छन् । अरुणले गत असार २८ गते र च्याङ्दीले साउन ४ गते आवेदन दिएको बोर्डले जनाएको छ । अरुण काबेलीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र च्याङ्दीको ग्लोबल आईएमई क्यापिटल छ । यी कम्पनीको आवेदनमाथि अध्ययन भइरहेको र मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छिट्टै अनुमति दिइने बोर्डले जनाएको छ । सेयर निष्कासन तयारीका कम्पनी कम्पनी            सेयर रकम (रु. मा) नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था    ३ करोड सूर्योदय लघुवित्त वित्तीय संस्था         १ करोड २० लाख आरएसडीसी लघुवित्त वित्तीय संस्था     ४ करोड सिनर्जी पावर डेभलपमेन्ट कम्पनी     ७ करोड हिमालयन पावर पार्टनर        १० करोड ६५ लाख नेपाल हाइड्रो डेभलपर        २ करोड ६० लाख युनाइटेड मोदी हाइड्रोपावर         ११ करोड ५० लाख अँखुखोला जलविद्युत् कम्पनी         ८ करोड अरुण काबेली पावर         ३० करोड च्याङ्दी हाइड्रो पावर कम्पनी         ८ करोड १० लाख स्रोत : नेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?