काठमाडौं । भारतले दुई महिनादेखि जारी राखेको नाकाबन्दीको विरुद्ध लाखौ विद्यार्थीहरु सडकमा उत्रिएर प्रर्दशन गरेका छन् ।
तराई मधेसको तीन महिनादेखिको आन्दोलन र भारतीय नाकाबन्दीको कारण अधिकार कुण्ठित भएको भन्दै विद्यार्थीहरुले राजधानीको चक्रपथ घेराऊ गर्दै प्रदर्शन गरेका हुन् ।
नाकाबन्दीको घटनालाई अन्तर्राष्ट्रियकरण गर्नको लागि प्याबसन, एनप्याबसन, विद्यार्थी संकगठन, शिक्षक संगठन, अभिाभावक संघ नेपाल, राष्ट्रिय अभिभावक सं, एन इष्टू र हिसान लगायको सहभागीतमा कंलकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महारागन्ज, चक्रपथ, बालाजु, स्वयम्भु, हुँदै पुन कंककीमसम्म मानव साङगो बनाएर प्रदेशर्दन गरिरेहका छन् ।
[embedyt] http://www.youtube.com/watch?v=_HWVHFgggdw[/embedyt]
चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानवसाङ्लोमा निर्माण गरिएको थियो ।
चक्रपथ नजिक रहेका विद्यालयहरु आफूलाई पायक पर्ने चक्रपथका स्थानमा मानवसाङ्लोमा संलग्न भएका थिए ।