Breaking News

बीबीसीमा भएको साइबर आक्रमणको जिम्मा न्युज वल्र्ड ह्याकरले लियो

Feb Tue 2020 05:40:45

474 views

बीबीसीमा भएको साइबर आक्रमणको जिम्मा न्युज वल्र्ड ह्याकरले लियो

आफूलाई न्यू वल्र्ड हृयाकिङ बताउने समूहले बिहीबार बीबीसी वेबसाइटमा भएको साइबर आक्रमणको जिम्मा लिएको छ ।

बीबीसीका टेक्नोलोजी सम्वाददातालाई ट्वीटरमार्फत पठाइएको बयानमा यो समूहले जानीबुझी नै हृयाक गरेको बताएको छ ।

अमेरिकाको यो समूहले आफ्नो आक्रमणको उद्देश्य आफ्नो क्षमताको जाँच गर्नु थियो । तर, बीबीसी लामो समयसम्म बन्द गर्ने आफ्नो कुनै योजना नभएको समेत उसले बताएको छ ।

यो समूहले आफ्नो साइबर आक्रमणको निशानामा चरमपन्थी संगठन इस्लामिक स्टेट र उसको सहयोगी साइट पनि भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?