Breaking News

सोलरिन विश्वको सबैभन्दा सुरक्षित स्मार्टफोन

Feb Tue 2020 05:40:57

329 views

सोलरिन विश्वको सबैभन्दा सुरक्षित स्मार्टफोन

विश्वमा एक से एक सुरक्षित स्मार्टफोनहरु आएका छन् । यसमा इजरायली कम्पनीले उत्पादन गरेको सोलरिन सबैभन्दा सुरक्षित स्मार्टफोन भनिन्छ । इजरायलको सिरिन ल्याब कम्पनीले विश्वमा अहिलेसम्म उपलब्ध मध्येको सबैभन्दा विकसित सुरक्षा प्रणाली प्रयोग गरी यो स्मार्टफोन तयार गरेको बताइएको छ । यो प्रविधि आफुले भन्दा अहिलेसम्म अरु कोहीपनि स्मार्टफोन कम्पनीले प्रयोग नगरेको दाबी सिरिन ल्याब्सको छ ।

यो स्मार्टफोनमा २५६ बिट एइएस एन्त्रिmप्सन सुरक्षा प्रणाली रहेको छ । सेना तथा सुरक्षा एजेन्सीहरुले यो प्रविधिद्धारा आफ्नो संवादलाई सुरक्षित राख्न सक्छन् । सोलरिनको पछाडिपट्टी रहेको एक फिजिकल सेक्योरिटी स्विचको मद्धतले यो सक्रिय हुन्छ ।

यो स्मार्टफोनमा ५.५ इन्च आइपिएस एलसीडी डिस्प्ले रहेको छ । यसको पिक्सेल रिजोलुसन १४४० गुणा २५६० रहेको छ । यसमा क्वालकोम स्नापड्रागन ८१० प्रोसेसरका साथै २३.८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?