फोरजी चौथो पुस्ताको अर्थात् हालसम्मको सबैभन्दा नयाँ प्रविधि हो । यसअघि नेपाली उपभोक्ताले टूजी र थ्रीजी मात्रै चलाएका थिए । फोरजीमा अहिलेसम्म हामीले चलाइरहेको सेवाभन्दा सबैभन्दा द्रुत गतिमा इन्टरनेट चल्छ । फोरीको १०० एमबीपीएसको गति थ्रीजीको भन्दा ५० गुणा बढी हुन्छ ।
फोजीबाट उपभोक्तालाई उच्च गुणस्तरको भिडियो र अडियो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालन गरिरहेका देशहरुको मोवाइल शुल्क थ्रीजी भन्दा निकै बढि हुन्छ । फोरजीमा इन्टरनेटको गति र गुणस्तर राम्रो हुने भएकाले पैसा पनि धेरै लाग्छ ।
अहिले नै नेपाली उपभोक्ताहरुले थ्रीजी चलाउाँदा नै पैसा बढी काटेको गुनासो गर्दै आएका छन् ।
नेपाल टेलिकमले नै भनिसकेको छ कि फोरजी सेवा सबै मोवाइल सेटहरुमा सञ्चालन हुँदैन । त्यतिमात्र होइन, एप्पलको आइफोनमा पनि सञ्चालन नहुने टेलिकमले जनाएको छ । एप्पलले टेलिकमको नेटवर्कका लागि लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो।