Breaking News

तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ यसरी पत्ता लगाउनुहोस्

Feb Tue 2020 05:40:50

974 views

तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ यसरी पत्ता लगाउनुहोस्
तपाईको फेसबुक प्रोफाइल कसले हेरिरहेको छ भनेर जानकारी चाहिएको छ भने अब गुगल क्रोमको बाउजरबाट संम्भव भएको बताइएको छ। यो प्रमाणित हो कि होइन भन्ने कुनै आधारका लागी कि फेसबुकले मुख खोल्नुपर्छ कि धेरै युजरहरुले प्रयोग गरिसकेपछि विश्वस्त हुन सकिन्छ । हामी तपाईलाई यो तरिका भन्न गइरहेका छौं । तपाईले प्रयोग गर्दा तपाईको कम्प्युटरको इन्टरनेट ब्राउजर भने गुगल क्रोम नै हुनु अनिवार्य छ । स्टेप : १–गुगल क्रोम ओपन गरिसकेपश्चात दाहिने कुनामा एक स्क्रोल आउँछ । त्यो क्लिक गरेपछि setting सेटिङमा जानुहोस् । स्टेप : २ –फोटोको देब्रे भागमा देखिएको extention गएर Get More Extention जानुहोस् । स्टेप : ३– सर्च अप्सनमा गएर Flatebook सर्च गर्नुहोस् । स्टेप : ४– अब यसलाई क्रोममा Add गर्नुहोस् । यसको अप्सन ब्राउजरको दाहिने कुनामा देखिन्छ । स्टेप : ५ – अब यो गुगल क्रोम ब्राउजरमा एड भयो । स्टेप : ६ –अब फेसबुक रिफ्रेस गर्नुहोस् या लगआउट गरेर फेरी खोल्नुहोस् । अब तपाइको फेसबुकमा नयाँ थिम देखा पर्छ । स्टेप : ७ – अब तपाई देब्रेपट्टी चश्मा आकारको प्रोफाइल भिजिटर टुल्स देख्नुहुनेछ । क्लिक गरेर आफ्नो प्रोफाइल कसले हेर्यो थाहा पाउन सक्नुहुनेछ । नोट : तपाईले यो अप्सनमा जाँदा फेसबुकको थिम अप्ठ्यारो लाग्यो भने भने ब्राउजरको देब्रेसाइटमा एउटा रातो बटम छ त्यो बटम क्लिक गरेपछि पुरानै थिम देख्नसक्नुहुनेछ । फेरी प्रयोग गर्न मन लागे बटमलाई क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?