गुरुङले आफ्नै शब्द संगीतमा तैयार पारेको यो गीत एक मिनेट बाउन्न सेकेण्डको मात्र रहेको छ | शिव भगवानमा समर्पित भएको, माया प्रेम भन्दा फरक शैलीको गीत भएको र शिवरात्री संगै गाँसिएको रमाईलोपनलाई समेटिएकोले छोटो र मिठो गीत बनाउने कोसिस गरेको गायक किशनराज गुरुङले बताए |
फोटो पत्रकार नबिन बाबु गुरुङले पशुपति क्षेत्रमा रहेका जोगी बाबाहरुलाई गायकसंगै नचाएर रमाईलो म्युजिक भिडियो समेत तैयार पारेका छन् | नबिनको निर्देशन र छायांकनमा बनेको यस म्युजिक भिडियोलाई प्रविन श्रेष्टले सम्पादन गरेका छन् |
गीत छोटो र रमाईलो भए संगै म्युजिक भिडियो पनि रमाईलो बनेको गायक गुरुङले बताएका छन् | लामो समय पछी छोटो गीत लिएर आएकोले दर्शक स्रोताहरुले यो गीतलाई मन पराइदिनु हुने विश्वास आफुले लिएको गायक गुरुङ्ले बताए |
गायक गुरुङको यस अघि पात गांसे टपरी बोलको गीतले चर्चा कमाएको थियो |