Breaking News

सुबिसु क्यान कमटेक २०१७ भदौ २९ देखि भृकुटीमण्डपमा

Feb Tue 2020 05:40:44

606 views

सुबिसु क्यान कमटेक २०१७ भदौ २९ देखि  भृकुटीमण्डपमा

क्यान महासंघको आयोजनामा भदौ २९ देखि असोज १ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सुबिसु क्यान कमटेक २०१७ हुने भएको छ । सूचना तथा संचार प्रविधिकोप्रयोगबाट यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने क्यान कमटेक २०१७ मा ईन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी र सोलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहनेछन् ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आशा आयोजकले लिएको छ ।

स्वदेशी तथा विदेशी सर्भिसेस एण्ड सोलुशनस् र ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजी सम्बन्धी कम्पनीहरुले भाग लिने क्यान कमटेक २०१७ को टाइटल स्पोन्सर सुबिसु केबलनेट प्रा.लि. रहेको छ । त्यस्तैडायमण्ड स्पोन्सर– नेपाल टेलिकम, सिल्भर स्पोन्सरमाएस.पावर छ भने प्रिन्ट स्पोन्सरमा नभिन डिस्ट्रीव्युटर्स रहेको छ ।

सुबिसु केवलनेट प्रा.लि २०७४ सालमा हुने क्यान कमटेक २०१७, क्यान ईन्फोटेक २०१८ र क्यान आईसिटि कन्फरेन्स २०१८ तीनवटा कार्यक्रमहरुको टाईटल स्पोन्सररुपमा रहेको महासंघका अध्यक्ष विनाेद ढकालले बताए ।

८७ स्टल रहने कमटेकमा ८७ (सानो र ठूलो गरि)वटा स्टलहरु रहनेछन् । हालसम्म ८० प्रतिशत स्टल निश्चित भईसकेका छन् । यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको छ, जसलाई इलेक्ट्रोनिक सेक्युरिटी तथा तथा सेफ्टी र सोलुसन्स भनिएको छ । यस पेभलियनलाई आप्सा नेपाल नामक संस्थाले व्यवस्थापन गर्ने समेत जानकारी गराइएको छ ।

हाइ स्पिड इन्टरनेट मुख्य आकर्षण रहने त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ, जसअन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत सहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण रहेको छ । नेपाल सरकारका विभिन्न निकायहरुले गरिरहेका सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधिहरुको प्रदर्शन पनि सुबिसु क्यान कमटेक२०१७ को आकर्षणका रुपमा रहनेछ ।

विद्यार्थीलाई ५० प्रतिशत छुट सुविसुक्यान कमटेक२०१७ अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । साथै कलेज तथा स्कुलकाविद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?