Breaking News

आइटी क्षेत्रका संसारका १० धनाढ्य यी हुन्

Feb Tue 2020 05:40:52

661 views

आइटी क्षेत्रका संसारका १० धनाढ्य यी हुन्

काठमाडौं – यो सूचना–प्रविधिको युग हो । प्रविधि युगको गाडी गुडाइरहेका विश्वका चर्चित व्यक्तिहरू कामका लागिमात्र नभएर नामका लागि पनि त्यत्तिकै चर्चित छन् । अर्थात्, सूचना–प्रविधिमा लागेकाहरूले नामसँगै दाम पनि राम्रै कमाइरहेका छन् ।

अमेरिकी म्यागजिन फोब्र्सले केही समयअघि सार्वजनिक गरेको तथ्यांकले विश्वका घनाढ्यको चर्चा विश्वभर गराएको छ । अन्य व्यवसायका अलावा सूचना–प्रविधिमा लगानी गर्ने पनि धनाढ्यको सूचीमा अगाडि रहेको प्रष्ट हुन्छ । दैनिक उपयोग हुने गुगल होस् वा सामाजिक सञ्जाल फेसबुक वा नेपालमा पनि निकै चलेको डेल ल्यापटपका संस्थापक । सबै फोब्र्सको धनाढ्य सूचीमा परेका छन् ।

यो वर्षको धनाढ्य सूचीमा पहिलो हुने बिल गेट्स आईटी क्षेत्रका अग्रणी नै हुन् । गेट्सको कुल सम्पत्ति ७९ अर्ब २० करोड अमेरिकी डलर छ । ५९ वर्षीय गेट्सलाई विश्वकै धनीको नाममा दरिन साथ दिएको छ उनको कम्पनी माइक्रोसफ्टले । माइक्रोसफ्ट विश्वभरका कम्प्युटर, ट्याब र पछिल्लो समय नोकियालगायत अन्य मोबाइल फोनमा प्रयोग गरिन्छ । सफ्टवेयरबाटै धनी बनेका यी अमेरिकीले धनाढ्यमा अग्रणी हुनुमा अझै आईटीको भविष्य उज्वल रहेको संकेत गर्छ ।

यी हुन् आइटी क्षेत्रका संसारका १० धनाढ्य गेट्ससहित आईटी क्षेत्रमा लगानी गर्नेहरूमध्ये मुख्य १० जना त धनाढ्यका सूचीको ५० नम्बरभित्र पर्न सफल रहेको फोब्र्सको सूचीमा देखिन्छ । १० औं स्थानमा परेका छन् मिचेल डेल । डेल कम्पनीका प्रमुख कार्यकारी तथा अध्यक्ष रहेका उनको कुल सम्पत्ति १९।२ अर्ब डलर छ । आईटीमा लगानी गर्नेमा धेरैजसो अमेरिकी छन् भने केही भारतीय र चिनियाँ परेका छन् ।

प्रविधि क्षेत्रका दोस्रो धनाढ्यमा ओ¥याकलका पूर्वप्रमुख कार्यकारी अधिकृत र सहसंस्थापक ल्यारी इलिसन छन् । ७० वर्षीय उनको सम्पत्ति ५४।३ अर्ब डलर छ । विश्वव्यापी धनाढ्यको सूचीमा उनी पाँचौं स्थानमा छन् । तेस्रो स्थानमा अमेजनका संस्थापकका साथै प्रमुख कार्यकारी जेफ बेजोस परेका छन् । ५१ वर्षीय बेजोसको सम्पत्ति ३४.८ अर्ब डलर छ । विश्वव्यापी धनाढ्यको सूचीमा भने उनी १५ औं स्थानमा छन् ।

विश्वव्यापी धनाढ्यको सूचीमा १६ औं स्थानमा पर्न सफल मार्क जुकरबर्ग प्रविधि क्षेत्रमा भने चौथो स्थानमा छन् । फेसबुकका संस्थापक रहेका उनको सम्पत्ति ३३।४ अर्ब डलर छ । गुगलका प्रमुख कार्यकारी ल्यारी पेज २९.७ अर्ब डलरसहित प्रविधि क्षेत्रका पाँचौं स्थानमा परेका छन् । कुल सम्पत्ति २९।२ अर्ब डलरका साथ सर्गेई ब्रिन छैठौं स्थानमा छन् । अलिबाबाका संस्थापक चिनियाँ नागरिक ज्याक मा प्रविधि क्षेत्रका शीर्ष धनीको सूचीमा सातौं स्थानमा छन् । उनको कुल सम्पत्ति २२.७ डलर छ । ५० वर्षीय मा विश्वव्यापी धनाढ्यको सूचीमा ३३ औं स्थानमा छन् ।

आठौं स्थानमा माइक्रोसफ्टका पूर्वप्रमुख कार्यकारी स्टिभ बाल्मर परेका छन् । विश्वव्यापी धनीको सूचीमा ३५ औं स्थानमा परेका उनको सम्पत्ति २१.५ अर्ब डलर छ । इमर्सन कलेक्टिभका संस्थापक ५१ वर्षीय लौरेन पावेल जब्स नवौं स्थानमा छन् । उनको कुल सम्पत्ति १९.५ अर्ब डलर छ ।

आईटीका १० धनी क्र।सं। नाम            सम्पत्ति अमेरिकी डलरमा० आबद्धता १ बिल गेट्स            ७९.२ अर्ब संस्थापक, माइक्रोसफ्ट २ ल्यारी इलिसन       ५४.३ अर्ब सहसंस्थापक, ओ¥याकल ३ जेफ बेजोस ३        ४.८ अर्ब संस्थापक, अमेजन ४ मार्क जुकरबर्ग       ३३.४ अर्ब संस्थापक, फेसबुक ५ ल्यारी पेज           २९.७ अर्ब कार्यकारी, गुगल ६ सर्गेइ ब्रैन            २९.२ अर्ब सहसंस्थापक, गुगल ७ ज्याक मा            २२.७ अर्ब संस्थापक, अलिबाबा ८ स्टिभ बाल्मर        २१.५ अर्ब पूर्वप्रमुख, माइक्रोसफ्ट ९ लौरेन पावेल         १९.५ अर्ब इमर्सन कलेक्टिभ १० मिचेल डेल         १९.२ अर्ब प्रमुख, डेल

        -कारोबार दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?