Breaking News

दाङ्गको धारापानी शिव धाम पाण्डवेश्वर महादेव

Feb Tue 2020 05:40:33

665 views

दाङ्गको धारापानी शिव धाम पाण्डवेश्वर महादेव

काठमाडौँ , पाण्डवेश्वर मन्दिर नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा पर्ने दाङ्ग जिल्ला अन्तर्गत धर्ना गा.वि.स वार्ड नं. १ धारापानी गाउमा पर्दछ । यो मन्दिर समुन्द्र सतहबाट ६३३ मिटर उचाइमा रहेको छ ।

यसको दक्षिणमा चुरे पहाड, उत्तरमा सरयु गंगाको उदगम नदि,पुर्वतर्फ घना जङ्गल र पश्चिमतर्फ धारापानी गाउ पर्दछ । इतिहास हेर्ने हो भने आज भन्दा २०० वर्ष पहिला गुरुवा गाउका चौधरीहरु धानको बिउ दबाउन प्रयोग गरिने काठ काट्ने क्रममा काठ काट्न जङ्गल जांदा एउटा साजको रुख दिनभर काट्दा समेत नकाटिएपछि अर्को दिन जांदा काटेको घाउ पुरिएर जस्ताको त्यस्तै देखेपछि सबै अचम्मित भएर यहाँ के रहेछ भनि पात पतिङ्गर पन्छाइ हेर्दा शिवलिङ्ग र सानो गहिरो जलकुण्ड फेला परेको थियो भन्ने भनाइ छ ।

हाल पाण्डवेश्वर मन्दिको बिच भागमा दिव्य शिवलिङ्ग रहेको छ । पाण्डवेश्वर मन्दिर भित्र रहेको दिव्य शिवलिङ्ग पाँच अजार वर्ष अघिको हो भनि अनुमान गरिएको छ । शिव देवादिदेव हुनु भएकोले यस क्षेत्रमा सबै देवि देवताहरु,र गंगाजिहरु आइ बास गरेका हुन्छन् भन्ने शास्त्रहरुको भनाइ छ । यस मन्दिरमा आएर भक्तजनहरु शिवलिङ्गको दर्शन गरेर गएपछि मानसिक र शाररिक पिडा कम भएको बताउदछन् । हालै मात्र धारापानी शिव धाम पाण्डवेश्वर धाममा विश्वकै सबैभन्दा अग्लो त्रिशुल निर्माण गरिएको छ । उक्त त्रिशुल निर्माण गर्ने क्रममा निकै नै चमत्कारी घटनाहरु भएको प्रत्यक्षदर्शिहरु बताउछन् । उक्त त्रिशुल निर्माण गर्नै क्रममा मन्दिरदेखि पुर्व दक्षिण कोणमा डोजर लगाएर जमिन समतल बनाउने कार्य हुदै गर्दा साज र सालको रुख डोजरले उखेल्ने क्रममा सालको रुख उखेलिएको तर साजलाई दश पटक प्रयास गर्दा सम्म नउखेलिएको उल्टै डोजरको दात भाचिएको रोचक घटना छ । र उक्त साजको रुख भएको ठाउमा डेढ फुट लामो गोजर नाग आएर आधा घण्टासम्म रुखको वरिपरी घुमिरहेको भिडियो समेत सार्वजनिक गरिएको छ । ढलेको रुख पुन यथास्थानमा आएर बसेपछि हाल सो वृक्ष भएको ठाउमा वरिपरी बेरेर सो स्थानमा दैविक शक्ति रहेको भनि पुजाआजा गर्ने गरेको छ । b धारापानी पाण्डवेश्वर महादेवधामको अर्काे रोचक पौराणिक किम्बदन्ति पनि रहेको छ । सत्ययुगमा पाण्डवहरु स्वर्गद्धारी जाने बेला त्यही बास बसेर ज्योति लिङ्ग स्थापना गरेकाले पाण्डवेश्वर महादेव भनि नामाकरण गरिएको भन्ने धार्मिक मान्यता रहेको छ । हवन कुण्डको पश्चिमतर्फको खोल्सामा पाच पाण्डव,दौ्रपदी र कुकुरको आकृति भएका ढुङ्गा एकै स्थानमा रहेका छन् । ज्योति लिङ्ग भएको शिलामा पादुका,बाघका आँखा,नाग, सागरको चित्र अंकित छ भने त्यहा रहेको कुण्डमा भ्यागुता र सर्प सगै बस्ने गरेको बेला बखत बाहिर निस्कने र फेरी भित्र पस्ने गरेको प्रत्यक्षदर्शि बताउछन् । उक्त कुण्डमा जति पानि हालेपनी कहिले नभरिएको अनौठो तथ्य छ । र सो कुण्डको गहिराइ हालसम्म पनि पत्ता लाग्न सकेको छैन । त्यहाको पानि कहाँबाट आउछ र कहाँ जान्छ भन्ने तथ्य पत्ता नलागेको त्यहाका मन्दिर व्यवस्थापकले बताउनुभयो ।c

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?