Breaking News

यसकारण मोदीको बिहारमा हार

Feb Tue 2020 05:40:53

650 views

यसकारण मोदीको बिहारमा हार

नेपालतर्फ भारतले तेस्रोपटक नाकाबन्दी गरेपछि नेपालीहरुको ध्यान भारत तर्फ यसै केन्द्रित थियो । तर त्योसँगै विहारको निर्वाचनको कारण थप चासो नेपालीमा रहनु स्वभाविक हो । हुन पनि लामो चुनावी श्रृखला र भारतीय च्यानलको प्रभावले नेपालीलाई भारतको निर्वाचनले छुने नै भयो । यसै पनि नेपालीलाई निर्वाचन भनेपछि छोइहाल्छ । सायद त्यसैले होला विहारको निर्वाचनले पनि नेपालीलाई छोयो ।

सामान्य अवस्थामा भएको भए विहारको निर्वाचन नेपालको केही सिमित वर्गमा मात्र केन्द्रित रहन्थ्यो । तर, अहिले भने हरेकको घरमा विहारको निर्वाचन र त्यसको परिणाममा केन्द्रित रह्यो । १७ बर्षको अन्तरालपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको औपचारिक भ्रमण गरे । सडक सडकमा नेपालीलाई भेटे । भारत विरोधी मानिनेहरुको समेत मन जिते । त्यसको तीन महिना पनि नहुँदै मंसिरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागि हुन उनी नेपाल आए ।

त्यतीबेला उनले नेपालको तराई र हिमाली क्षेत्रको भ्रमण गर्न खोजे पनि सरकारले गराउन सकेन । सुरक्षा तथा अन्य कारण दिएर त्यस्तो अवस्था देखाएको थियो । नेपालको बाध्यतालाई उनले बुझेनन् । र, उनको नेपालीप्रतिको हेराई नै परिवर्तन भयो । जसले गर्दा उनी आफ्नो पुरानै र हिन्दुबादी संगठन राससकै कार्यकर्ता शैलिमा नेपाललाई हेर्न थाले । नेपाल र नेपालीबारे उनले जति भारतमा कसैले पनि नजिकबाट चिन्न सकेका थिएनन् । तर, उनी स्वयं किन यस्तो भए भन्नेमा अहिले नेपालीहरु माझ कौतुहलताको विषय बनेको छ । नेपालमा नै बसेको गाउँ–गाउँ घुमेका तर अहिले उनै नेतृत्व सरकारले नेपालमाथि गरेको ज्यादतीकै कारण नेपालीले उनी प्रति चिढिएर मोदी नेतृत्व दल विहारमा हारोस भनेर पशुपतिनाथको प्राथना गर्नेहरु पनि भेटिए ।

घरघरका नेपाली आमाले उनलाई धिक्कारे । नेपाल आउने भारतीय पर्यटकले समेत ‘मोदी जी ने ए क्या किया ?’ भन्दै समाधानको लागि पशुपतिनाथको प्रार्थना गरे । भारतीय केही स्वार्थ, नेतृत्वमा जुंगाको लडाई र तराई केन्द्रित दलहरुको भारतसँगको सामिप्यताको कारण अहिले समस्या विकराल रह्यो । कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले लेखे झैं भारतले आफ्नो चासो हिमाल, पहाड हुँदै आफूलाई तराईमा केन्द्रित राख्यो । जसको कारण पहाडे र हिमाली मात्र होइन तराईका जनता नै पनि पीडित बने । अव भारतले त्यो चासोलाई तराईबाट झिकेर विहारमा मात्र केन्द्रित गर्दा दुवै मुलुकलाई फाइदा हुने देखिन्छ । बिहार बन्दा नेपाललाई राम्रो हुने हो । भारतको ३९ प्रतिशत गरिबीमध्ये धेरै संख्या बिहारमा नै छ । बिहारका जनताको सम्वन्ध नेपालको तराईसँग मात्र होइन पहाड हिमाल सम्म रहेको छ । तर मोदीले तराईमात्र देखे ।

सबैको ध्यान तराई हुँदै त्यही तराईसँग जोडिएको भारतीय भुभाग बिहार र उत्तराखण्डमातर्फ गयो । जसले गर्दा अहिले मोदीको विषयमा घरघरमा कुरा हुन थाल्यो उनको घमण्डको कारण दिल्लीमा बढारिए, अहिले आएर विहारमा पनि । यसरी बढारिंदा चेत खुल्न सकेन भने उनको सत्तामा नै असर गर्ने अधिकारीहरु बताउँछन् । भारतीय सञ्चार माध्यमले उनको यो हारले केन्द्रको निर्णयमा समेत असर गर्ने विश्लेषण गरेका छन् । उनले जसरी अहिले दिल्लीमा आफ्नो हारपछि पनि प्रभुत्व राखेका छन त्यो बिहारमा सम्भव छैन ।

बिहारको विधानसभाको निर्वाचनमा नितिशकुमार नेतृत्वको लालु यादव र कांग्रेसको महागठबन्धन विहान केहीबेर पछि पर्दा नेपालीहरुको मनमा चिसो पसेको थियो । जसले जिते पनि हाम्रो घरघरमा त्यो चासोको विषय थिएन । तर भारतीय नाकाबन्दी मोदीको वाहीवाही पछिको घट्दो लोकप्रियताले पनि यसमा निकै ठूलो मद्दत गरेका थियो । नितिश नेतृत्व गठबन्धनले दुई तिहाई कटाएपछि नेपालीहरुले पनि खुशीयाली मनाएको पाइन्छ । घर घरमा मोदीलाई ठिक्क पर्‍यो भन्न थालेका छन् ।

मोदीले पनि बिहारमा आफ्नो हार स्विकार गरेर नितिशलाई बधाई दिएका छन् । चुनावी संस्कृतिलाई भने उनले स्विकार गरेर हार्दिकता देखाएझैं नेपालतर्फको उनको कडाईप्रति पनि त्यस्तो ठूलो हृदय हेर्ने मन सबै नेपालीको छ । मोदीले महागठबन्धनका नेता नितिशकुमारलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका हुन् । उनको पार्टी बिजेपीले पनि सबै चुनावी परिणाम आउनुअघि नै औपचारिकरुपमा चुनाव हारेको स्वीकार गरिसकेको थियो । मोदीलगत्तै उनको दलका अध्यक्ष अमित शाहले नितिशलाई बधाई दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

बिहारमा मोदी घमण्डको हार नेपाली सीमा जोडिएको र खासगरी बिहारमा नेपालको रोटी बेटीको सम्वन्ध रहेको कारण पनि तराई क्षेत्रमा अघि बढि नै चासो रहने गर्छ । बिहार निर्वाचनलाई आफ्नो प्रतिष्ठाको लडाईं बनाएका मोदीलाई कंग्रेस आईको समेत सहयोगमा नितिश लालु सहितको महागठबन्धनले घुँडा टेकाएपछि बिजेपीमा यसको समिक्षा हुन थालेको छ । अहिले उनको दलमा मोदीको निकै ठूलो आलोचना भएको छ ।

त्यसो त दिल्लीको हारमा नै उनको आलोचना चरम रहेको थियो । विधानसभाको हारको कारण उनी नेतत्व सरकारले सहज निर्णय लिन नसक्ने अवस्था आउने हुनाले यसलाई केन्द्र सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो ।

उनकै दलबाट मोदीकै कारण निर्वाचन हार्न परेको भन्दै त्यो जिम्मेवारी पूर्णरुपमा मोदीलाई थोपारेका छन् । हुन पनि पछिल्लो समय मोदीको विदेश यात्रा, नेपाललगायत छिमेकसँगको सम्बन्ध बिग्रँदै गएको अवस्थालाई विपक्षी गठबन्धनले मुद्दा नै बनाएको थियो । जसको नतिजा अहिले देखिएको छ । त्यो भन्दा पनि ठूलो विषय मोदीको अहंमताले काग्रेस र बिहारमा निकै बदनाम भएको र नितिस लालु गठबन्दनले निर्वाचन जित्न सकको त्यहाको सर्वसाधारणको भनाई टेलिभिजनमा राखिएको छ ।

modi

मोदीको घमण्ड र एकलकाटे शैलीको कारण उनको गठबन्दनले यो स्थिती भोग्न परेको कग्रेसका युवा नेता राहुल गान्धीले बताएका छन् । उनले मोदीको निकै धेरै अहंमता राख्दा यस्तो परिणाम आएको भन्दै अन्यथा विहार बराबर जस्तो नतिजा आउने बताएका छन । ‘यो घृणा, घमण्ड र रिसको हार हो । म चाहन्छु भारतका प्रधानमन्त्रीले यस्तो रिस र घमण्ड बोकेको सुहाउँदैन,’ उनले पटक पटक भारतीय च्यानलमा भनेका छन् । उनले रिस र घमण्ड कम हुँदा यो क्षेत्र र मुलुकको लागि राम्रो हुने समेत राजीव पुत्र युवा नेता राहुले बताएको भारतीय संचारमाध्यममा आएको हो ।

गठबन्दनका नेता लालुप्रसाद यादवले यो जितलाई गरिबको जितको संज्ञा दिदै भनेका छन, ‘गरिब, मजदुर, उपेक्षित र समस्त बिहारवासीसँग म नतमस्तक छु । यस ऐतिहासिक जीतका लागि कोटी कोटी धन्यवाद दिन्छु ।’ धर्मकर्मका लागि बनारस आउने र म बनारसमा नुहाउने ब्यक्ति भनेर लल्कारेका मोदी जी अब हाम्रो दलको चुनाव चिन्ह लाल्टिन लिएर रातमा नुहान आए हुन्छ, उनले भने ।

so sorry

यसअघि मोदीलाई दिल्लीमा रित्तै बनाएका त्यहाँका मूख्यमन्त्री अरविन्द केजरीवालले पनि बिहारमा मोदीको घृणाको राजनीतिकै कारण घुडा टेकेको बताउदै त्यसबाट उनी र उनको दलले सिकोस जसले मुलुकको हितमा काम गर्नेछ । ‘मोदीको कार्यशैली र लक्ष्य माथिको प्रश्न हो । देशमा असहिष्णुताको माहोल अब मथ्थर हुनेमा आफू विश्वस्त छु,’ केजरी वालले भनेका छन् ,‘वास्तविकता भन्दा माथि र महत्वकाक्षी बढी हुदा यस्तो समस्या आउँछ ।’ उनले आफ्नो कामकाजमा केन्द्र सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै अव त्यस्तो अवस्था नआउने समेत उनले स्पष्ट पारे । सबै नेताहरुले अहिले भन्न थालेका छन , ‘बिहारको विकासका लागि मोदीजीले गरको घोषणा तत्काल पठाइदिएर आफ्नो मुलुकको एथार्थ बुझ्न विदेश होइन भित्र घुम्न समेत आग्रह गर्दछौ ।’

विजेपी सहयोगी कट्टर हिन्दुवादी शिवसेनाले मोदीको कारण बिहारको निर्वाचनमा फराकिलो हार ब्यहोर्न परेको भन्दै मोदीको आलोचना गर्दै मोदीलाई जिम्मेवार ठहर्‍याएका छन् । शिवसेनाका नेता संजय राउतको धारणा भन्दै भारतीय संचारमाध्यमा लेखिएको छ, ‘विजेपीको लज्जास्पद हार प्रधानमन्त्रीको मोदीको कारण हो । यो जिम्मेवारी उहाले लिनुपर्छ। यद्यपी कांग्रेसको हार हुदा त्यो जिम्मेवारी सोनियाले लिए हुन्छ तर विजेपीमा अध्यक्ष भन्दा अहिले मोदी फ्याक्टर महत्वपूणृ छ । प्रधानमन्त्री नै यसको जिम्वेवार हुन् ।’ उनले नितिसलाई बधाई समेत दिए ।

‘भारतलाई बचाउन र छिमेकीहरुसंगको सम्वन्ध थप सुमधुर बनाउनको लागि विजेपी हारेको छ र भारतले जितेको छ । अन्य प्रान्तमा यो झन घट्दै जानेछ,’ तृणमूल कांग्रेसका प्रवक्ता डेरेक ओ ब्रायनले भनेका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लगायत भारतका धेरै नेताहरुले नितीश कुमारलाई बधाई दिदै यो जित सहिष्णुताको भएको संज्ञा दिएका छन । शाहले बिहारका जनताको जनादेशलाई सम्मान गर्ने भन्दै भनेका छन् ‘नयाँ सरकारलाई मेरो शुभकामना छ कि बिहारलाई विकासको पथमा अगाडि लैजाओस् ।’

bihar-elections-result

यसबाट स्पष्ट हुन्छ आन्तरिक राजनीतिमा छिमेक जोडिएको हुन्छ । अहिले मोदीले नेपाल तर्फ गरेको नाकाबन्दीको असर विहारमा परेको छ । उनको सबैतिर आलोचना भएको छ । यसमा मोदीलाई भारतीय कर्मचारी तन्त्रभित्र नै रहेर काम गर्न परेको आरोप लागेको लगायत अवस्थाले पनि त्यहा काम गरेको हो ।

मोदीले एक्लै नेपाल घुमे तर नेपालीको भावना र सम्वन्ध बुझ्न सकेन जुन नेपाली मनसंग गासिएको विहारमा जोडियो । नेपालमा हाई हाई भएका मोदी अहिले विहारमा नेपालमा जसरी तल झरे त्यसै गरी विहारी जनताको मनमा पनि । उनले छिमेकसम्वन्ध र विदेश नीति जसरी भारतमा ओरालो लागेको छ त्यसैगरि उनको आन्तरिक मामिलामा पनि विवादमा पर्ने र ओरालो लाग्ने अवस्था देखा परेको छ । उनी, उनको दल र मुलुकको लागि पनि यो राम्रो अवस्था पक्कै होइन ।

कान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?