Breaking News

सन्दर्भ, अन्तराष्ट्रिय युवा दिवस 2016 : समृद्धि र विकासका लागि युवा नेतृत्व कहिले ?

Feb Tue 2020 05:40:22

332 views

सन्दर्भ, अन्तराष्ट्रिय युवा दिवस 2016 :  समृद्धि र विकासका लागि युवा नेतृत्व कहिले ?
  • भरतराज उप्रेती

युवा मन्त्री दलजीतको सहभागीतामा र्याली, युवा सम्मेलन २० बुदे घोषणा पत्र हस्तान्तरण र युवा आवाज विमोचन एकसाथ

yout bulletin

१२ अगष्ट अर्थात अन्तराष्ट्रिय युवा दिवस । युवाहरुको हक अधिकार र आवाजको पक्षमा बोल्ने दिन भनेर चिनिन्छ । देश विकासका आधारशिला बनेका कर्मठ युवाहरु नै हुन् । विकासित देशहरुमा युवाहरुको लागि जति लगानी र अवसर हुन्छ । अल्पविकसित देशहरुमा त्यसको अभ्यास पटक्कै भएको छैन । नेपालजस्तो मुलुकहरुमा युवाको लागि न त राज्यले स्पष्ट नीति तय गर्न सकेको छ न त प्राइभेट क्षेत्रबाटै । युवाहरु देशमा रोजगारको कारण होयन, शिक्षा र राजनीतिक अस्थीरताका कारण विदेश पलायन भइरहेका छन् । राजनीतक दलहरुले युवाहरुलाई आफू सत्तामा पुग्ने र टिक्ने भरयाङ मात्र बनाउदै आएका छन् । राणाकाल होस् या पञ्चायतकाल, २०४६ सालको आन्दोलन या २०६२ ०६३ सबैमा युवा राजनीतक दलका भरयाङ मात्र बने । विडम्वना दक्ष र योग्य आधाकरोड युवाहरु विदेशमा पसिना चुहाएर श्रम गर्न विवश छन् त दैनिक दुइ चार जनाभन्दा पनि बढी युवाहरुको लाश काठको बाकसमा आउने गरेका छन् ।

यहाँ देश विकासको नाममा नेताहरु भाषण हाक्छन् । यसो गर्छु उसो गर्छु मात्र भन्छन् तर विकासको खाकाभित्र युवा परिचालनको कुनै स्पष्ट नीति अहिलेसम्म आउन सकेको छैन । यो हाम्रो देशको राजनीतिक विडम्वना भने हुन्छ । देश राजनीति र कर्मचारी तन्त्रले ग्रसित छ, बाँकी दलालहरुको राज, कानून अन्धो बनेको छ, पैसामा बिकेको छ, गाउँ घरका आँगनमा युवाको पाइला मेटिदै छ । उमेर पाकिसकेका बूढा बा आमाहरु खुइय गर्दै एक गिलास पानी पिउन नसक्ने अवस्थामा छन् । वर्तमान परिस्थिती यस्तो बनेको बेला अनि यहाँ नारा घन्किन्छ, समृद्धि र विकास सँगसँगै, समृद्धिका लागि युवा परिचालन लगायतका ।

Deman YNF सर्वसाधारण मानिसहरु न्यापालिका, कार्यपालिका र व्यवस्थापिकाको व्यवस्थाबाट टाढा छन् । एक पुरिया जीवनजल नपाएर नागरिकहरु ज्यान गुमाइरहेका छन् । अनि देशका ठूला अस्पतालमा डाक्टरको हडतालसँगै स्वास्थ्य सेवाहरु बन्द हुन्छन् । सरकार निरिह बन्दै जान्छ र हडताल गर्नेहरुको माग पूरा गराउन तत्पर हुन्छ । यस्तै छ यहाँको चलन, नारा, भाषण, गोष्ठी र सेमिनारको हाम्रो परिपाटी कहिले अन्त्य हुने होला अनि लाखौं दक्ष युवाहरुलाई विदेश पठाएर रेमिट्यान्सबाट देशको अर्थतन्त्र धान्ने अवस्थाको परिपाटी कहिले बन्द होला सोचनीय विषय बनेको छ । देशलाई चलाउने शक्तिहरु विदेशी शक्ति हाबी हुदै गर्दै वर्तमान अवस्थामा प्रचण्डको सरकार बनेको छ । प्रधानमन्त्री निर्वाचित भएको एक हप्ता बितिसक्दा मन्त्रिमण्डलले मूर्त रुप पाउन सकेको छैन । तर पनि देशभरका युवाहरुको प्रतिनिधित्व गर्ने युवा मन्त्रालयको जिम्मेवारी युवा मन्त्री दलजीत श्रीपाइलीको काँधमा आइपरेको छ । युवाको क्षत्रमा बलियो नीति र बेतिथिको अन्त्य गर्ने ठूलो चुनौती युवा मन्त्रीमाथि छ । यसै अवसरमा अन्तराष्ट्रिय युवा दिवस २०१६ अर्थात अगष्ट १२ को दिन युवा मन्त्री दलजीत श्रीपाइली युवाहरुको र्याली र युवा सम्मेलनमा खुशीसँगै भावुक भएर साथमा साथ थिए । लाग्छ नयाँ जोश र जाँगरका साथ खेलकुद तथा युवा मन्त्रालय सम्हालेका युवा मन्त्री दलजीतले युवालाई स्थापित गराई देश विकासमा कसरी फरक धारबाट प्रयोग गर्न सक्छन् । बन्दुकको कमाण्डर चीफ, दुर्गम क्षेत्रबाट नजिकबाट युवाको आवाजलाई बुझेका युवा मन्त्रीले देशभरका युवाहरुको लागि स्थापित गराउने नीति मात्र अख्तियार गर्न सके त्यो महान् हुनेछ । आशा छ, खेलकुद तथा युवा मन्त्री दलजीत श्रीपाइलीबाट युवाको क्षेत्रमा एउटा मात्र यस्तो ससक्त काम हुन्छ जसले हजारौ युवालाई राष्ट्रिय एजेण्डाका लागि एकबद्ध र गोलबन्द गर्न सक्छ भन्नेमा । अन्तराष्ट्रिय युवा दिवस २०१६ नेपालमा युवा मन्त्री दलजीत श्रीपाइलीको सहभागीतामा हजारौं युवाहरुको सहभागीतामा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपाल, युवा गैसस महासंघको आयोजनामा भएको युवा र्याली, युवा सम्मेलनमा दर्जनौ युवा नेतृत्वदायी संस्थाहरुको एकसाथमा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०१६ को अवसरमा भएका गतिविधिहरुको सारसंक्षेप फोटो फिचरसहित यस्तो रहेको थियो ।

युवा गैसस महासंघले आयोजना गरेको र्याली भृकुटीमण्डपदेखि प्रज्ञा प्रतिष्ठान कमलादीसम्मको महत्वपूर्ण फोटो झलकहरुIMG_6931

2 3 4IMG_6939 IMG_6940 IMG_6942 IMG_6944 IMG_6956

युवा गैसस महासंघको आयोजनामा भएको युवा सम्मेलनले जारी गरेको युवाका जल्दा बल्दा माग तथा एजेण्डाहरु समेटीएको २० बुदे घोषणा पत्र युवा तथा खेलकुद मन्त्रीलाई हस्तान्तरण सहित नया बुलेटिको विमोचन गर्दाका महत्वपूर्ण फोटो झलकहरु

Deman YNF 5 yout bulletin

युवा आइसिटी पत्रकार विकास मञ्चको अगुवाईमा सूचना प्रविधिमा विकासका लागि युवा परिचालन नारा सहित अन्तरराष्ट्रिय युवा दिवस २०१६ मा सहभागी र्यालीका महत्वपूर्ण फोटो क्लीपहरु

IMG_6967 IMG_6975 IMG_7009 IMG_6935 IMG_6940

IMG_6980 IMG_6995 IMG_6997 IMG_6999 IMG_7001 IMG_7004 IMG_7009

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?