८ मार्च अर्थात् नारी दिवसलाई विभिन्न समाज र संस्कृतिकाे विभिन्न अायाम राखेर विश्लेषण गर्न सकिन्छ :
१. बैद्धिक धर्मकाे सामाजिक सास्कृतिक अायाम तथा नारीकाे स्थान र अवस्थिति ।
क. प्राच्य दर्शन र उपासनाहरुमा शक्तिकाे उपासनालाई सर्वाधिक महत्व दिइएकाे छ । वेद अध्ययनकाे अावश्यक शर्तकाे रुपमा रहेकाे गायत्रीमन्त्र पनि शक्तिस्वरुपा देवी कै रुप हाे । वैश्णव समुदायमा पनि लक्ष्मीनारायण, राधाकृष्ण, सीताराम अादि नारी शक्तिकै रुपमा पुकारिन्छ । कर्म, भक्ति र ज्ञानरुपी त्रिवेणीकाे रुपमा शप्तसती दुर्गा (चण्डि)लाई लिने गरिन्छ जाे ब्रह्माकी अादिशक्ति हुन् । चण्डीलाई तन्त्रग्रनथमा पट्टमहिषी भनिएकाे छ । गुप्तवतिकार अाचार्य भास्कर राय भारती दिक्षितकाे मत अनुसार चण्डीका नै परम्ब्रह्माकि समष्टीरुपा अाध्याशक्ती भएकीले यिनैलाई तुरीया शक्ति मानिन्छ जसमा महाकाली, महालक्ष्मी र महासरस्वती नामले हाल पुकारीन्छ । यसकाे मतलव नारीलाई जगत जननी या जन्म भूमिकाे रुपमा उपासना गरिएकाे हाे ।
ख. परमईश्वरी भगवतिकाे उपासना गरेर राजा सुरथले अखण्ड सामराज्य प्राप्त गरेका थिए भने वैराग्य भावयुक्त समाधि नामक वैश्यले दुर्लभ ज्ञानकाे माध्यमवाट माेक्ष प्राप्त गरेका थिए भनिन्छ । तीन अवतारमा बिभक्त देवत्रयकाे समष्टी धर्मकाे नाम हाे- चण्डीका । यसमा वामा, जेष्ठा राैद्री, पश्यन्ति, मध्यमा र बैखरी, ब्रह्मा, विष्णु र रुद्र अादि नामले व्यवहार गरिन्छ, यसकाे समष्टि संज्ञालाई अम्बिका, शान्ता र परा अादि तन्त्राभेदानुसार तुरीया शक्ति भनिएकाे छ जाे नारीसँग सम्वन्धित छ जुन कुरा अाचार्य संकरले साैन्दर्यलहरीमा उल्लेख गरेका छन् ।
ग. वीर र भक्तिकालकाे कुरा गर्नेे हाे भने पनिे जीवहरुकाे शुरु, मध्य र अन्त्यकाे खाेजीमा ध्यान तपस्यामा वसेका ऋषिमुनीहरुले नारीहरुले भंग गरिदिएकाे र, भगवान कृष्ण समेत अनेकन रुप धारण गरेर राधा लगायतका अनेकाै परीहरुसँग रमाएकाे प्रसंग छ । खाेतल्दा नारीहरुसँग अद्भुत शक्ति हुन्छ जसवाट पुरुषहरुले हार खाएका छन् भन्न सकिन्छ । यसरी उक्त तथ्यहरुवाट के स्प्ष्ट हुन्छ भने परापूर्व कालदेखि नेपाली समाजकाे शक्तिउपासना, साधना पूजा अर्चना पूर्व, पश्चिम, उत्तर र दक्षिणक्षेत्रका सर्वत्र भुभागमा रहेका देवीका शक्तिपीठ र साधना स्थलहरु यसकै प्रतीक हुन् जहाँ बार्षिक चाडपर्वकाे रुपमा बीजया दशमी, लक्ष्मी पूजा र श्रीपञ्चमीकाे तिथिमितिमा विशेष विधि र प्रकृया पुर्याएर पूजा अर्चना गरिन्छ । अर्थात्, वैद्धिक सनातन समाज र संस्कृति देखि नै विश्वव्यापी रुपमा नारी चण्डीकाकाे उपासना गरिदै अाएकाे र हालसम्म विद्या, लक्ष्मी र कालीकाेरुपमा नारी भगवतीलाई कुनै न कुनै अवसर र दैनिक जीवनमा सर्वत्र मानव समाजले पूजा- अाराधाना गर्दै सर्वाेच्च स्थान दिएकाे छ ।
२. बैज्ञानिक उत्पादन प्रणालीमा समाजिक सास्कृतिक विकासकाे अायाम तथा नारीकाे स्थान र अवस्थिति ।
क. ढुङ्गे तथा प्राचीन समाजमा नारी :
कार्य बिभाजनलाई अाधार मान्दा ढुङ्गे तथा प्राचीन युगमा नारी र पुरुषकाे काे जिम्मेवारी समान थियाे । पछि नीजी सम्पत्तिकाे अवधारणा अाएपछि अार्य समाजकाे उदय भयाे । अार्य समाजकाे मूल्य र मान्यताले समाजमा स्थान लिंदै जाँदा हिन्दु र मुश्लिम वीच युद्ध हुँदा हिन्दु नारीलाई संरक्षण गर्ने क्रममा घरायसी सिमामा राख्न थालियाे जसकाे परिणाम पूँजीवादी युग अाउँदासम्म अार्य समाजमा नारीकाे स्थान घरायसी सिमामा नै सिमित देखिन्छ ।
ख. वागवानी समाज र नारी :
नीजी सम्पत्तिकाे सूक्ष्म संकेतकाे उदय यही समाजमा देखा पर्याे र संकलित सम्पत्ति परिवारकाे मुलीकाे रुपमा अामाकाे नियन्त्रण र पहुँचमा रहन्थ्याे र मातृबंशीय समाज निर्माण रहेकाेले अामा अर्थात् नारी सर्वाेच्च स्थानमा रहेकी थिइन् । तर, पुरुषहरुले बाह्य वातावरणमा कार्य गर्ने र सम्पत्तिकाे प्रतिष्पर्धा गर्ने क्रममा सम्पत्तिकाे संरक्षण र बितरणमा अाफ्नै वंसलाई हस्तान्तरण गर्न पाए भविश्य राम्राे हुने बिचारका मुजुराहरु पलाउँन शुरु भैसकेकाे र पितृवंसिय व्यवहारिक समाज यही कालमा देखापर्न थालेकाे हुँदा याे काललाई नारीहरुकाे लागि दुखद क्षणकाे शुरुवातकाे रुपमा लिन्छन् । यसपछि नारीकाे भूमिका र जिम्मेवारीमा पुरुषहरुले अाक्रमण र संक्रमण गरेका हुँदा नारी हृदय अवाेला, दास र बंश निर्माण गर्ने मेशिनकाे रुपमा सिमित रहँन थाल्याे ।
ग. कृषि समाज र नारी
याे समाजमा उत्पादन र पुनर्उत्पादन कार्यमा समाज विभाजित थियाे जसमा समाजिक र घरायसीकाे रुपमा भुमिका निर्वाह गरिन्थ्याे । उत्पादन र पुनर्उत्पादन कार्यमा नारीकाे सहभागिता उच्च रहेपनि न्यून मूल्यांकन गरिन्थ्याे । लैंगिक दृष्टिकाेणवाट याे समाज निकै असमान र जटिल समाजकाे शुरुवात हाे । दमन र शाेषणकाे, विभेद र प्रथाकाे प्रकृयावाट नारीले पुरुषलाई भगवान सरहमानी जिउँदै चितामा जल्नुपर्ने क्रुर मानव समाज निर्माण यही बेला शुरुवातभएकाे हाे । असमानता र बिषमताभित्र शक्तिस्वरुपा नारीलाई त्यति तलकाे व्यवहार गरियाे जति जनवारहरुलाई गरिन्छ । पुरातन धर्म परम्परालाई अपभ्रंस गराई नारी पबित्र र अपबित्रताकाे द्वन्दात्मक मान्यताकाे विकास गरि नारीकाे याैनाधिकारलाई पवित्रता र पतिव्रतकाे सम्वन्धमा जाेड दिइयाे जुन बंशकाे रगतकाे शुद्धतासँग परिक्षण गराइयाे । याे प्राकृतिक न्यायकाे सिद्धान्तसँग विल्कुल अन्याय राख्दछ ।
घ. पूँजीवादी अाैद्याेगिक समाज अर्थात् जागृति समाज र नारी:
याे समाजले विश्वमा राज्यकाे अवधारणा बिकाश भैसकेकाे र वस्तु र सेवाकाे उत्पादन एवम् हातले गर्ने कामहरुमा मेशिनकाे प्रयाेगमा सर्वाेउच्च प्राथमिकता प्राप्त गरेकाे थियाे । नारीहरु घरायासी मूल्यहीन कार्यकाे सिमावाट माथि उठेर मुल्यवान कार्यतर्फ अाकर्षित हुन थालेका हुँदा नारी हक र अधिकारकाे अावाज उठाउँन थाले । याे समाजमा अाफ्नाे देशकाे सिमा, सेनाकाे गठन, सरकार, जनता र राज्य संचालनका मूल कानून, एेन, नियम तथा बिकासका याेजनाहरुकाे बिकास भैसकेकाे हुँदा समाजमा नारीकाे भूमिका, प्राकृतिक स्राेत र साधनकाे उपयाेगमा पहुँच र नियन्त्रणकाे बिषयमा पुरुष सरह हुन नसक्नुकाे कार्यकारण सम्वन्धकाे विश्लेषण गर्दै समान अधिकार र मानविय व्यवहार काे खाेजी शुरु गरे । सामाजिक, सास्कृतिक, राजनितिक, शैक्षिक, कानून र न्यायिक लगायतका समग्र क्षेत्रमा नारीकाे समान पहुँच, नियन्त्रण, निर्णय र सहभागिताकाे निम्ति राज्यले अनिवार्य र अपरिहार्य व्यवस्था गरिनु पर्छ भन्ने अावाजहरु बुलन्द पारे । यसै शिलशिलामा विभिन्न नारीवाद अायममा सम्बन्धित अध्ययन, अनुसन्धान शुरु गरियाे । नारीकाे अवस्था अवस्थितिलाई बुझ्न र समाजमा पुरुष सरह स्तरिकरण गर्न समाजमा जकडिएर रहेकाे भेदभाव, दमन र शाेषण, हिंसा र अधिनता, शक्ति र शसक्तिकरण ,स्वतन्त्रता र मुक्तिकाे वारेमा नारीवादी सैद्धान्तिक मूल्य र मान्यता बमाेजिम ब्याख्यार बिश्लेषणलाई जाेड दिए । नारी कल्याणकाे क्षेत्र मातृत्वलाई मध्यविन्दुमा राख्दै नारी काेमलता र शक्तिलाई नजरअन्दाज गर्न नहुनेमा जाेड दिए । याैन चाहना पुर्ति गर्न बिवहा मात्र नारीकाे निर्विकल्पकाे रुपमा हेर्ने र सुन्दरतालाई बिज्ञापन र व्यापारिक बिस्तारकाे माध्यम नारीलाई ठानिनु पुरुषकाे नारी उपर अधिनस्थ अवस्थामा राखिएकाे, याैन शाेषण र पूजी वृद्धि काे साधनकाे रुपमा नारीलाई उपयाेग गरिएकाे निश्कर्ष निकालियाे । विभिन्न नारीवादी सिद्धान्त बिकास गर्दै नारीकाे सम्लग्नतामा समाज र संस्कृतिलाई बुझ्ने र निराकारण गर्ने विधि र प्रकृया प्रयाेग गर्दै नारीवादी अनुभववाद, दृष्टिकाेण, उत्तरअाधुनिकवाद पद्धतिवाट विद्यमान समाजकाे श्रम सम्बन्धमा नारीकाे सहभागिता खाेजी गरियाे । लैंगिक सूचाङ्ककाे सर्वाङ्गिण विश्लेषण गरी बिगतका समाज र वर्तमान समाजमा नारीकाे अवस्था अवस्थितिकाे बस्तुनिष्ठ भई प्रयाेगात्मक अाधारमा खाेजी गरियाे । यसरी समाजमा पूँजीवाद तर्फ समाज बिकसित हुँदै जाँदा सँगसँगै नारीहरुकाे जागरण पनि सुरुवात भएकाे देखिन्छ । सरकारी, गैर-सरकारी, निजी एवम् नागरिक निकायहरु नारी अर्थात् लैंगिक असमानता र विभेदका विश्वव्यापी अभ्यास तथा नारी- पुरुषकाे असमान सम्वन्धहरुलाई हटाएर उनीहरु बीच राज्यकाे समग्र ईकाइमा समान अन्तर्सम्वन्ध कायम हुनुपर्ने सवालहरु अघि बढ्नु पर्ने बिचार, सिद्धान्त तथा व्यवहारिक बिज्ञानकाे प्रयाेग अभ्यास गर्दैछन् । फलस्वरुप: २१ अाैं शताब्दिमा अाएर लैंगिक सम्बन्ध र समाजकाे समान र सन्तुलनकारी वनावटकाे उजागर गर्न नारी दिवसकाे महत्व र प्रसंग दैनिक बढ्दाे छ, समाजमा नारी र पुरुषकाे प्राकृतिक सम्वन्धलाई सामाजिक साँस्कृतिक सम्वन्धमा जवाफदेहि एवं समिश्रण वनाउँने नारी दिवस उपलब्धिमुलक र अर्थपूर्ण छ । ऐतिहासिक र बैज्ञानिक विधि र प्रकृयासंगत छ । त्यसैले याे सामाजिक सांस्कृतिक रुपमा बिकसित हुँदै सर्वपक्षिय स्वीकार्य हुँदैअाएकाे छ ।
३, विकास प्रकृयाकाे लैंगिक अायाम तथा नारीकाे अवस्था र अवस्थिति:
हाे, मानिस सृष्टिकाे सर्वाेत्तम रचना हाे र नारी पुरुष उच्च विवेकशिल प्राणि हाे । यी दुई बीचमा सुख- दुख, कठिनाई र अवसरकाे समान र न्यायिक बितरण हुन अावश्यक हुन्छ । जन्मकै अाधारमा एउटा लिङ्ग शक्तिशाली र अर्काे शक्तिहीन हुनु अथवा विपरित ध्रुवमा खडा हुनु दुवै लिङ्गलाई हानीकारक हुन्छ । विश्व पूँजीवादमा दगुरिरहेकाे वेला अाधुनिक बिकासकाे सिद्धान्तले नारीलाई अझ पराश्रीत वनायाे । पुरुषकाे दृष्टिले निर्माण गरेकेा विकासले महिलाकाे सामाजिक तथा साँस्कृतिक अवस्था र स्थिति अझ नाजुक बन्न पुग्याे । पितृसत्तातमक दृष्टिकाेवाट असमान लैंगिक श्रम बिभाजन हुँदा नारीहरुप्रति ज्यादति भयाे फलस्वरुप नारीवादीहरुले बिकासकाे लैंगिक अवधारणा विकास गरे । अाैपनिवेशिक र उत्तर अाेपनिबेशिक निर्यातमुखि कृषि नीतिले समाजमा नारी जीवन संकटमा पर्याे । खाद्यन्न, स्वास्थ्य र शिक्षा, राजनीति लगायतका समग्र पक्षमा नारीकाे अवस्था र अवस्थिति नाजुक हुँदै गए पछि परनिर्भरमुखि बिकासकाे अवधारणा माथिनै प्रश्न खडा हुँदै गयाे र खाने र हुँदा खानेकाे बिचमा द्वन्द सृजना भयाे । नारी हुँदा खाने वर्गमा परिन् । बिकासकाे माेडल परिवर्तन गर्नुपर्ने अावाज उठ्न थाल्याे । नारी बिकासमा वीड (WID- 1970) उपागम : याे १९७०काे दशकमा निर्माण गरेकाे एउटा विकासकाे उपागम हाे । उदारवादी नारीहरुले नारीहरुलाई विकासकाे नीति तथा रणनीति र्माफत सम्लग्न गराउँने भनी उत्पति गरिएकाे याे उपागमले प्रभावकारी काम गरेन । नारी बिकासमा वाड (WAD-1975) उपागम: समष्टिगत रुपमा नारीकाे जीवनस्तर उठान गर्न वीड उपागमले नसकेपछि बिकासकाे अर्काे उपागम वाड बिकास गरियाे । यसले स्थानिय स्रेात र साधनकाे पुनर्वितरणलाई जाेड दियाे तर, नारी बिकासकाे प्रकृयामा पुरुषले खेल्ने भूमिकालाई प्रकाश पार्न सकेन । यसले नारीकाे स्थितिलाई सुधार गर्ने, बिकास गर्ने र समतामूलक वनाउँन नसक्ने देखियाे । नारी बिकासमा ग्याड(GAD-1980) उपागम: बिकाश प्रकृयामा नारी र पुरुष दुबैकाे पारस्परिक सम्बन्ध हुनु पर्ने अावश्यकतालाई अात्मासाथ गर्दै लैंगिक र बिकास उपागम प्रदुरर्भाव गरियाे । यसले समानतामुलक विकासकाे अवधारणालाई अगाडि बढाउँदछ । यसरी नारी र पुरुष समाजरुपि रथका दुई पाङ्ग्रा भएपनि बिकासकाे मूलप्रहावाट बिमुख पारिएका नारीकाे अवस्था र स्थितिलाई बिकासका मूलप्रवाहमा संलग्न गराउँन अरु पनि धेरै प्रयासहरु भएका छन् जाे अन्तराष्ट्रिय नारी सम्मेलनका घाेषणा-पत्रहरुले उजागर गरेकै छ ।
विश्व नारी सम्मेलन तथा नारीवादी अान्दाेलन :
विश्वमा नारी समानता र शसक्तिकरणका कुरा गर्दा अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलनहरु प्रत्येक देशकाे सहभागितामा अाफ्नाे मुलुकले गरेका/भएका उपल्ब्धिहरु र बिकासकाे रणनीतिहरुकाे लेखाजाेखा गरि अाफ्नाे देशकाे सरकारसँगकाे सहकार्यमा नव रणनीति प्रस्ताव गर्न नीति तथा कार्यक्रम तय गर्ने गर्दछन् । यसै शिलशिलामा विभिन्न विश्व सम्मेलनहरु सम्पन्न भए । त्यस्मा सन् १९७५मा मेक्सिकाेमा सम्पन्न पहिलाे विश्व नारी सम्मेलन, सन् १९८० मा दाेश्राे काेपनहेगनमा सम्पन्न, सन् १९८५ मा नैराेविमा सम्पन्न तेश्राे विश्व सम्मेलन र १९९४ मा वेइजिङमा सम्पन्न चाैथाे विश्व सम्मेलन सम्पन्न भएका छन् । समाज र लैगिक विकासकाे निम्ति अवलम्वन गर्नुपर्ने सम्बिधान, कानून, एेन, नीति तथा विकासकाे रणनीतिक याेजनामा नारीकाे पुरुष समान सहभागिता, स्राेत साधनमा समान पहुँच, नियन्त्रण र निर्णय क्षमताकाे बिकास गर्ने उद्देश्यले यी विश्व सम्मेलन गरिंदै अाएकाे देखिन्छ । त्यतिमात्र हाेइन, सन् १९७५ लाई संयुक्त राष्ट्र संघले नारी वर्ष मनाउने घाेषणा र सन् १९७५-८५ नारी दषक मनाउँने घाेषणाले अन्तराष्ट्रिय स्तरमा नारीकाे सकरात्मक बिकासका प्रयासहरुकाे रुपमा लिन सकिन्छ । उपर्युक्त विभिन्न अायामहरुकाे सन्दर्भले के दर्शाउँछ भने बैद्धिक सनातन परम्परावादी समाजमा नारी सर्वाेच्च शिखरमा रहेकि तर वैज्ञानिक युगकाे प्रारम्भसँगै सामाजमा नारीकाे अवस्था र स्थिति ऋणात्मक रेखातर्फ गएकाे देखिन्छ । वागवानी र कृषि युगिन समाजले नारीलाई दास र सन्तान उत्पादन गर्ने मेशिनकाे रुपमा मात्र स्वीकार गरेकाे देखिन्छ भने पूँजीवादकाे शुरुवातदेखि अाैद्याेगिक समाजकाे बिकास गतिसँगै नारीहरु अस्तित्वकाे संघर्षमा लागेकाे पाईन्छ । यसै सेराेफेराेमा नारीहरुले सन् १९०८ मा अमेरिकाकाे न्युयाेर्क अन्तर्गत कपडा कारखानामा काम गर्ने मजदुर नारीहरुले अमानवीय नीति, नियम र श्रम शाेषणकाे बिरुद्धमा सडकमा उत्रे । र, यी माग परा गर्न त्तकालीन सरकारले घुँडा टेक्न पर्याे । यही साहसिक कार्यलाई अाधार मानि सन् १९१०देखि अन्तरराष्ट्रिय स्तरमा नारी दिवस मनाउँने गरिन्छ । राेजगारी, मताधिकार, सम्पत्तिमा अधिकारकाे मुद्धा लिएर अघिवढेकाे नारी अान्दाेलन २१अाैं सताव्दीकाे संघारमा पनि उत्तिकै शसक्त ढंगवाट अघि बढी रहेकाे छ । अहिले १०६ अाै नारी दिवस मनाइदै छ जुन समतामुलक समाज निर्माण गर्ने अभिप्रायले उत्सवकाे रुपमा मनाईन्छ प्रत्येक देशले ।
४. वर्तमान परिप्रेक्षमा नारी दिवसकाे सन्दर्भ:
"हुदैन प्रभात गगनका तारा बिलाउँदै नगए,
चल्दैन रथ पाङ्ग्राकाे गुडाई समान नभए ।"
अाज १०६ अाैं नारी दिवस् । अर्थात् धेरै अाराेह अवराेहसँग पाैंठेजाेरी खेल्दै सडकदेखि सदनसम्म भित्रिदै नेपालमा नयाँ संविधानपछिकाे नेपाली नारी हक र अधिकार सुनिश्चत गर्ने मिर्मिरे बिहानीकाे शुभदिन रहेकाे छ नारी दिवस । अनि, नारीहरुमाथि लगाईएकाे विश्वव्यापि सामाजिक, अार्थिक, राजनैतिक, धार्मिक तथा साँस्कृतिक अवस्था एवम् अवस्थितिमा उत्पन्न भएका विभिन्न प्रकारका शाेषण एवम् बन्धनबाट मुक्त भएकाे खुशीयाली मनाउँने दिन । अर्थात्, हामीले जानेकाे, हाम्राे दृष्टिमा रहेकाे ज्ञानकाे संगठन विश्व जगतका सन्दर्भमा पुरुषकाे दृष्टिवाट रुपान्तरण गरिएकाे बिज्ञान जसमा पितृसत्तात्मक सामाजिक साँस्कृतिक अनुसरण गरेका वैज्ञानिकहरुद्वारा प्रभावित सवालहरुलाई चिर्दै नव नारी कल्याणमुखि वातावरण सृजना गर्ने जसले गर्दा नेपाल लगायत विश्वका नारीहरु हिंसा, दमन र शाेषणकाे चपेटावाट उन्मुक्ती प्राप्त गर्दै सामाजिक जीवन पूर्णतातर्फ अघि बढाउँन वातावरण सृजना गर्ने दिन । यस सुखद अवसरमा तमाम विश्व नारी समुदाय जाे लैंगिक समानता सवाललाई उजागर गर्दै अान्दाेलनमा हाेमिएका छाैं, नयाँ दिन र नयाँ उमंगकाे खाेजिमा दगुरिरहेका छाैं, मुक्तिकाे निमित्त नारी सम्बन्धि कुनै न कुनै रुप र पक्षवाट कार्यक्रममा सहभागिता जनाउँदै बिचारकाे गहिराईमा डुबुल्कि मार्ने क्रममा क्रमभंगताकाे लडाईमा व्यस्त भएका छाैं, सबै मानवले समाबेशी र समानुपातिक एकता कायम राख्दै अाधा विश्व अाेगटेका नारीहरु बीचमा हृदयदेखि नै नेपाल र नेपाली जनताकाेतर्फ एवम् अाफ्नाे व्यक्तिगततर्फवाट बधाई तथा शुभकामना अादान-प्रदान गराैं । साथै, हाम्राे र हामी सबैकाे सैद्धान्तिक र व्यवहारिक समानताकाे मार्गलाई पहिल्याउँदै साथदिन पाईला अघि बढाउँने बिश्वभरका नयाँ नारीवादी पिँढीहरु चाहे ती नारी हुन् वा पुरुष, तेश्राे लिङ्गि समेतलाई स्वागत गराैं !!!! अँ, तुलनात्मक रुपमा हेर्दा पुरुष र नारी सामाजिक न्यायकाे वजनमा एकातिर पुरुषकाे वजन दुई किलाे र अर्काे महिलाकाे वजन भने एक पावा मात्र रहेकाे छ समाजरुपी तराजुमा । याे सन्तुलन गुमेकाे विश्व समाज के तिनै पुरुष जन्माउने नारीलाई हिंसा, दमन र अत्याचार गरेर सबल समाज नपर्माण हुन्छ भन्नेमा बिश्वास राख्दछ? र, समानतामूलक समाज निर्माण गरि संचालन गर्न सकिन्छ भन्नेमा छ ? यक्ष प्रश्नभित्र मनाइदैछ यी र यस्ता विश्व्यापि नारी सवाललाई लिएर तय गरिएका कार्यक्रमहरु ।
५. के यस्ता दिवस तथा अवसरहरुले विश्वमा महिलामाथि हुने सबै प्रकारका हिंसाकाे न्युनिकरण भएकाे छ त ?
अाजकाे २१अाैं शताब्दी पूँजीवादी युगमा नारीकाे शरिरलाई पूँजी निर्माण गर्ने प्रयाेजनकाे लागि प्रयाेग गरिएकाे छ । विश्व वजारका काउन्टरहरुमा ग्राहकहरुकाे अाकर्षणका लागि नारीहरुलाई खडा गराईएकाे छ । वास्तवमा पुरुषले प्रयाेग गर्ने रेजर, ब्लेड र अन लाइन सूचनामा समेत महिलाहरुकाे नग्न तश्विरद्वारा बिज्ञापन गराइनु र नाफा अार्जनका निम्ति वजार प्रतिनीधिकाे रुपमा नारीलाई उपयाेग गरिनुले महिलाहरु झनै असुरक्षित र अस्वस्थ बन्दै गएकाे पुष्टी गर्दछ । विभिन्न उद्देश्य राखि तर्जुमा गरिएका नीजि क्षेत्रका कार्यक्रमहरु जस्तै: फेसन, सुन्दरी, माेडल, मातृत्वका माध्यमवाट नारीहरुलाई अस्तित्वहीन र मूल्यहीन वनाउँदै लगेकाे छ । त्यतिमात्र हैन पूँजीवादी देशहरुले अवलम्वन गरेकाे विश्व भु-मन्डलीकरण र पूँजीवादकाे चपेटाले नारीहरु अस्तित्वहिन र मूल्यहिन जिन्दगी बिताउँन बाध्य हुँदैछन् एकातिर भने अर्काेतिर विश्वभर उठान गरिएका नारी सवालहरुले समाजरुपी तराजुकाे ढककाे वजन वढाउँदै लगेकाे पनि छ । तरपनि, ` िवश्व एक गाउँ ´ अवधारणा मार्फत स्थानिय भाषा, संस्कृति, रहनसहन र परसंस्कृति ग्रहणकाे नक्कली याेजना मुताबिक बेचिएका अवाेध मानव अात्माहरु बलात्कार र कुटाईकाे चपेटामा फस्दै अत्यासिला, कहालीलाग्दाे, अाैडाहा बाेकेर जीवन गुजार्न बाध्य छन् । राेजगारीकाे प्रलाेभन देखाएर भारत लगायत एशिया, अफ्रिका, युराेपसम्मका याैनवजारमा जाकिएका चेलीहरु अाफ्नाे अात्मा अपमान सहन गर्न नसकेर जीवन अन्त्यकाे खाेजीमा अात्मा हत्या गर्ने, मातृभूमि नफर्किने, र जेलमा सडिने गरेकाे पाइन्छ । यसरी विश्व पुँजीवादी वजारले नारी जीवनमाथि पर्न गएकाे घरायसी एवम् वाह्य हिंसाकाे कारण अाधा विश्व अाेगट्ने महिलाहरुकाे अवस्था र स्थिति अहिलेपनि निकै जर्जर र दयनीय मात्र हैन मानव अधिकारकाे निम्ति प्रश्न माथिकाे प्रश्न बन्दैछ । यसले महिला र पुरुष बीचकाे सन्निकटतामा असमान्जस्यता सिर्जना गर्दैछ । त्यसकारण यी दिवसकाे माध्यमवाट अपुष्ट भएका बिचारहरु र अमानविय व्यवहारहरुलाई निराकरण गर्ने रणनीतिक याेजना वनाएर अघि बढ्न नारी दिवस अर्थपूर्ण र महत्वपूर्ण बन्न सक्छ । साथै, अघिल्लाे बर्षमा वनाईएका उद्देश्यमुलक कार्यक्रमकाे लेखाजाेखा गर्दै भाविदिनकाे निमित्त नयाँ अवधारणा बिकास गर्न सकिन्छ । नारी स्वतन्त्रता र मुक्तिकाे निम्ति यस्ता अवसरहरुले निकै अर्थपुर्ण भुमिका खेल्दछन् ।
६. नारी दिवस अर्थात् मार्च ८ विश्व महिला सशक्तिकरण अान्दाेलनकाे महत्वपुर्ण अवसर हुन सक्छ?
हुन सक्छ किनभने यसकाे शुरुवातकाे सन्दर्भ काेट्याउँ- सन् १७७२ मा Marry wollstonecraft ले अाफ्नाे पुस्तक Avindication of the right of Women´ नामक पुस्तक प्रकासन गरिन् जसमा महिलालाई सामाजिक, राजनीतिक, शैक्षिक तथा श्रमशक्तिमा पुरुष सरह अवसर दिनुपर्ने र महिलाहरु पुरुषहरुका खुशी र अानन्दका साधन हाेइनन् भन्ने उल्लेख थियाे । भारत, अफ्रिका र चीनकाे अाैपनिबेशिक नीतिले अमेरिकाकाे नागरिक अधिकार अानदाेलनलाई प्रभाव पार्याे । यसले अाैद्याेगिक राष्ट्रका नारी हरुलाई एकतावद्ध हुन सघायाे । त्यसैगरि बिसाैं सताव्दीकाे पछिल्लाे मध्यतिर (second half of twentieth century) तिर देखा परेकाे पर- निर्भरता बिराेधि धारणा तथा स्वन्त्रताकाे सिद्धान्तले शिक्षा क्षेत्रमा प्रभाव पार्याे । यसै गरि अमेरिका र ल्याटिन अमेरिकाका नागिरक अधिकार,नारीवाद, शिक्षा समुदायिक संगठन अादिपक्षले सामुदायिक मनाेविज्ञान, सामुदायिक र सामाजिक कार्य प्रभावित भयाे र तत्काल शसक्तिकरणकाे परिभाषा गरियाे । यसकै दाैरानमा अवधारणा र पृष्ठभूमि सिर्जना गरि महिलाकाे मुद्धालाई अन्तराष्ट्रियकरण गरियाे । फलस्वरुप गैर- सरकारी संस्था, महिलावादी, अधिबक्ता र कार्यकर्ता मार्फत यस क्षेत्रलाई विश्वव्यापि गराउँने कदम चालियाे । प्रभावित मुद्धा सम्वाेधन गर्न एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका दाता संगठनहरुले पकिटान भएका मुद्धाहरुलाई विश्लेषण गरे र दमन र स्राेत र साधनवाट बञ्चिततालाई जाेड दिंदै अान्दाेलन तर्जुमा भयाे । जसमा समानताकाे मुद्धा र सशक्तिकरणकाे मुद्धा अघि सारियाे । जसमा नारीहरुले स्थानिय स्तरमा रहेकाे प्राकृतिक स्राेत र साधनमा नियन्त्रण, सहभागिता, सचेतना, पहुँचकाे बिकास गराउँन कल्याणकारी कार्यक्रमहरु चरणवद्ध सन्चालन गर्नु पर्नेमा जाेड दिन थालियाे । जसकाे लागि बेलायतकाे womankind world wide नामक संस्थाले मुल्याङ्कन एवम् लिखित अाधार तथा सिमा तयार पार्याे । माथि उल्लेख गरिएका बिकास रणनीतिका उपागम र विश्व सम्मेलनहरु कुनै न कुनै अाैपचारिक कार्यक्रमवाट प्रभावित छन् त्यसमा नारी दिवस समेत पर्दछ ।
७. नारी दिवसकाे उपयाेगिता:
हामीले अपेक्षा गरेकाे नारी दिवस प्राकृतिक न्याकाे सिद्धान्त अनुसार निर्माण भएकाे नारी र पुरुषकाे सम्बन्ध जसरी व्रह्मा र चण्डिका लगायतकाे बीचकाे झै समानुपातिक र समावेशी बन्न सकाेस् भन्ने नै हाे । काेही काख काेही पाखा हैन । तर, सामाजिक सास्कृतिक न्याय काे सिद्धान्तले दरार उत्पन्न गराएकाे छ, नारी पुरुषरुपी समाजिक पाङ्ग्रहरु सानाे ठुलाे हुनाले सन्तुलन गुमाएकाे छ, परिवार, समुदाय, समाज र राष्ट्र अपाङ्गकाे अवस्थामा छन् । कानूनी र व्यवहारिक न्यायकाे सिद्धान्त वमाेजिम समाज र सस्कृतिलाई प्राकृतिक न्याय बमाेजिम नै कायम गराैं भन्ने हाे । दिवस मनाउँदैमा उपल्बब्धि हाँसिल गर्न सकिन्छ, त्याे हाेइन । दिवस मार्फत सम्वाेधन गरिएका नारीवादी लैङ्गिक सवालहरु व्यवहारिक भए कि भएनन्? तर्जुमा गरिएका रणनीतिक याेजनाले कुन कुन क्षेत्रमा के कतिकाे मात्रमा कसलाई र कसरी लक्ष्य तथा उद्धेश्य हाँसिल गर्न सफल भयाे ? यसकाे लेखाजाेखा गर्न सक्नु पर्छ । जस्ताे: राज्यका प्रत्येक निकायमा नारीकाे सहभागिताले मुलुक तथा जनताकाे सेवा तथा वस्तुकाे उत्पादनमा पुर्याएकाे याेगदानकाे विश्लेषण गर्नुपर्दछ । ती सेवा जनमूखि, जनउत्तरदायी, सुसासन, र लाेक कल्याणकारी भएका छन की छैनन् ? भए भने कसरी र भएन भने किन? नारीवादी इकाईले हेक्का राख्नै पर्छ र पहल गर्नै पर्छ । यसमा नमूनाकाे लागि नेपालकाे राजनैतिक सहभागितामा ३३% अारक्षणकाे सवालकाे कुरा गराैं । याे अारक्षण व्यवस्थाले व्यवहारिक फाइदाका पक्षहरु केलाउनु पर्छ मुलुकले समृद्धि हाँसिल गर्ने सवालमा । राज्यकाे शुसासन, जनउत्तरदायी व्यवस्थाकाे लागि के कति याेगदान पुर्याउँन सफल भयाे र लैंगिक समानताकाे कुन कुन सवालहरु सबल वन्दै गएका छन् त्यसकाे तथ्य जनतालाई दिन सक्नु पर्दछ । नत्र, नारी र पुरुषकाे भाैतिक सहभागिताले मात्र अन्तर्राष्ट्रिय नारी दिवस सफल हुन्छ भन्न सकिन्न । बस्तुनिष्ठ भएर तथ्यहरुकाे बैज्ञानिक विश्लेषणकाे अाधारमा बिगतका कार्यकाे लक्ष्य उद्धेश्य प्राप्ति र वाँकि कार्यकाे रणनीतिक याेजनाकाेसाथ मनाईएका जुनकुनै दिवस अर्थपूर्ण हुन्छन्, तयसमन नारी दिवस समेत पर्दछ। खर्च र अाम्दानीकाे लेखाजाेखा गर्दै त्यसकाे उपयाेगितामा देखिएकाे फरकपनलाई उजागर गरेमा अझ राम्राे हुन्छ । अब बाेली हैन कामकाे ठाेस परिणाम वा नतिजा चाहिएकाे छ । यसका लागि सम्वन्धित निकाय जवाफदेही वन्नैपर्छ भन्ने मेराे व्यक्तिगत धारणा अवगत गराउँन चाहें ।
धन्यवाद ।