Breaking News

ट्रम्पविरुद्ध लड्नेलाई ट्वीटर लगायतका सोसल मिडिया र कम्पनीहरु करोडौ सहयोग गर्दै

Feb Tue 2020 05:40:39

380 views

ट्रम्पविरुद्ध लड्नेलाई ट्वीटर लगायतका सोसल मिडिया र कम्पनीहरु करोडौ सहयोग गर्दै

सोसल मिडिया कम्पनी टि्वटरका कर्मचारीहरुले अमेरिकन सिभिल लिबर्टिज युनियनलाई १० लाख डलर अर्थात् १० करोड ७० लाख रुपैयाँ दान गरेका छन् । उक्त संस्थाले विभिन्न देशका आप्रवासीलाई अमेरिका प्रवेश रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा अदालतमा मुद्दा दायर गरेको थियो ।

ट्रम्पको उक्त आदेशले सिरियाली आप्रवासीलाई अमेरिका आउन तथा इरान, इराक, यमन तथा लिविया लगायतका विभिन्न ७ मुस्लिम मुलुकका नागरिकहरुलाई भिसा जारी गर्नमा अस्थायी प्रतिबन्ध लगाइएको थियो ।

ट्रम्पको यो आदेशविरुद्ध अदालतको ढोका ढक्ढकाउने उक्त संस्थाले बितेका केही दिन भित्रमा संस्थालाई अनलाइन मार्फत २ करोड ४० लाख डलर आर्थिक सहयोग प्राप्त भएको जनाएको छ । यसअघि ट्याक्सी चलाउने कम्पनी लिफ्टले उक्त संस्थालाई आगामी ४ वर्षभित्रमा १० लाख डलर दान दिने घोषणा गरेको थियो ।

टेकक्रन्चका अनुसार टि्वटरका एक हजार कर्मचारीहरुले दान गर्नका लागि ५ लाख डलर जम्मा गरेका थिए । त्यसमा कम्पनीका मुख्य कार्यकारी अधिकृत ज्याक डोर्सी तथा कार्यकारी अध्यक्ष ओमिद कोर्देस्तानीले अरु ५ लाख डलर थप गरेपछि टि्वटरले कुल १० लाख डलर धनराशी ट्रम्प विरुद्ध कानूनी लडाइँ लडिरहेको संस्थालाई प्रदान गरेको हो ।

ब्लुम्बर्गका अनुसार अमेरिकाका कैयौँ प्रविधि कम्पनीहरु राष्ट्रपति ट्रम्पलाई एक खुल्ला पत्र लेख्ने तयारीमा छन् । उक्त पत्रमा ट्रम्पको आदेशले पार्ने असरका विषयमा चिन्ता जाहेर गरिनेछ र यसको समस्या समाधानका लागि सहयोग पनि सुझाइनेछ ।

यसैबीच मेसेजिंग एप वेबरले ट्रम्पको आदेशबाट प्रभावित भएका इराक, इरान, लिबिया, सोमालिया, सूडान तथा यमनका लागि निशुल्क अन्तराष्ट्रिय फोन कलको सुविधा घोषणा गरेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?