Breaking News

तारा एयरको विमान दुर्घटनामा परेकी एयरहोस्टेज रमा घरकी एक्ली छोरी

Feb Tue 2020 05:40:59

536 views

तारा एयरको विमान दुर्घटनामा परेकी एयरहोस्टेज रमा घरकी एक्ली छोरी

बुधबार विहानै एकाएक मिडियाहरुमा एउटा दुखद खवर फैलियो, ‘तारा एयरको विमानसँग विमानस्थलसँगको संचार सम्पर्क टुट्यो ।’ पोखराबाट जोमसोमतर्फ उडेको उक्त विमान हराएको खवर पाउने वित्तिकै पाइलट रोशन मानन्धरको घरमा रुवाबासी चल्यो । तैपनि खवर सत्य नहोला कि भन्दै उनिहरुले तारा एयरको काठमाडौ कार्यालयमा सम्पर्क गरे । तारा एयरले पनि विमान हराएको खवरको पुष्टि ग-यो । खवर पाएपछि मानन्धरको घरमा झनै रुवावासी चल्न थाल्यो । र, विस्तारै उनको  डल्लुस्थित आवासमा आफन्तहरु आउने क्रम बढ्यो । बुधवार डल्लुस्थित मानन्धरको आवासमा सन्नाटा छाएको थियो । शोकको यो घडिमा उनको परिवारसँग कुरा गर्न त्यति सहज थिएन ।  रुवाईले गर्दा उनको अनुहार सुन्निएको देखिन्थ्यो ।

हामीले रुपमालाई उनका पिताका बारेमा केही भन्न भन्यौँ , तव उनले हामीलाई नै सोधिन् , 'के घट्नामा सबै वितेकै हुन् र ?'  हामीसँग उत्तर थिएन तर प्रश्नहरु थिए । तब उनले एउटा गम्भिर विषय उठाइन्, 'हामीलाई यत्रो शोक छ , मिडियालाई भने ब्रेकिङ्ग न्युज !'

रुपमाका अनुसार पाइलट रोशन अनुभवी र कुशल पाइलट थिए ।  उनी विगत २२ वर्षदेखी उड्ययन क्षेत्रमा संलग्न थिए । रोशन अहिलेसम्म कुनै पनि सानातिना दुर्घटनामा परेका थिएनन् । चालक मानन्धर यसअघि काठमाडौ-लुक्ला विमान चलाउने गर्दथे । छोरी रुपमा आफु फेशन डिजाइनिङ्ग कोर्स सकेर जागिर खाँदैछिन् भने उनकी बहिनी उपमा फिनल्याण्डमा नर्सिङ्ग कोर्ष गर्दैछिन् । मानन्धरका एक छोरा ऋषि मानन्धर अहिले कक्षा ७ मा पढ्दै छन् । मृतक मानन्धर ५२ वर्षका थिए ।tara

tara planetarapilot daughter

एयरको जहाज दुर्घटनामा परेकी एयरहोस्टेज रमा घरकी एक्ली छोरी

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको छ।

चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए।

rama air hostes

रमा तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत थिइन्। काठमाडौं कुलेश्वरकी २६ वर्षे रमाको बाबुको निधन भइसकेको छ।

उनकी ५० वर्षीया आमा गीता, एक दाजु र एक भाइ छन्। दाजु पदम मेगा बैंकमा काम गर्छन् भने भाइ प्रमोद नेपाल प्रहरीमा असइ छन्।

प्रमोदले बिहान १० बजे मात्र जहाज दुर्घटनाको खबर पाएका थिए।

दुर्घटनाको खबर सुनेदेखि नै आमा गीता ‘छोरी त्यही जहाजमा जोमसोम गएको हुनुपर्छ’ भन्दै छोराहरूसँग प्रश्न गरिरहेकी छन्।

रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन्। उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन्। दाजुभाइसँग भने सोमबार घरबाट विदा भएर जाने बेला मात्र भेटेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?