Breaking News

टेलिकमको ब्यालेन्स ट्रान्सफरको नयाँ सुविधा अब यस्तो

Feb Tue 2020 05:40:18

609 views

टेलिकमको  ब्यालेन्स ट्रान्सफरको नयाँ सुविधा अब यस्तो

नेपाल टेलिकमले केही समयदेखि बन्द रहेको ब्यालेन्स ट्रान्सफर सेवा  फेरि सुरु गरेको छ । ब्यालेन्स ट्रान्सफरको नयाँ पद्धति अनुसार अब जति रुपैयाँ टान्सफर गर्ने हो त्यति नै टाइप गर्दा हुन्छ । यसअघि रुपैयाँलाई पैसामा कन्र्भट गरेर टान्सफर गर्ने प्रणाली थियो ।NTC_ICTExpo

उदाहरणका लागि यसअघि २० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्न २००० पैसा टाइप गर्नु पर्ने थियो भने । अब २ भने ० रुपैयाँका लागि २० नै लेख्नुपर्नेछ ।

नयाँ प्रणाली अनुसार एक उपभोक्ताले अर्को उपभोक्तालाई १० रुपैयाँदेखि १०० रुपैयाँसम्म मात्र ब्यालेन्स पठाउन सक्छ । २४ घण्टामा एउटा नम्बरबाट दिनको पाँच पटक मात्र व्यालेन्स टान्सफर गर्न सकिनेछ ।

ब्यालेन्स ट्रान्सफर गर्न सुरुमा स्टार अनी ४२२ फेरि स्टार, मोबाइलको पिन नम्बर, स्टार, ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर पुन स्टार, ट्रान्सफर गर्न चाहेको रकम (रुपैयाँमा) र ह्यास्ट्रिक टाइप गरेर रिक्वेस्ट गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?