Breaking News

किन गर्ने ? सगुनको मिनि आइपीओमा लगानी

Feb Tue 2020 05:40:11

441 views

किन गर्ने ? सगुनको मिनि आइपीओमा लगानी

सगुनको स्मार्ट कार्ड सेवाको व्यापार गर्ने यस्तो छ योजना

सामाजिक सञ्जाल सगुनले  भविष्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धीत व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको बिकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

सामाजिक सञ्जाल सगुनले जारी गर्ने २१ प्रतिशत अर्थात् ८ लाख ६९ हजार ५ सय ६५ कित्ता (२ करोड डलरको ) सेयरमा देश भित्रका नेपालीले भने लगानी गर्न सक्ने छैनन् तर विदेशमा रहेका नेपालीले भने चाहेको परिमाणसम्म सेयरमा लगानी गर्न पाउँने छ ।   न्युनत्तम १३ कित्ता (२ सय ९९ डलर) सेयरमा आवेदन दिन सकिने छ ।

नेपालीले बिदेशमा लगानी गर्न पाइने व्यवस्था नभएकोले बिदेशमा कानुनसम्मत तरिकाले बसोबास गरेको र बैंक खाता भएका नेपालीले मात्र लगानी गर्न पाउनेछन् । सेयरमा लागनी गर्न डब्लुडब्लुडब्लु डट सगुनडट कम/इन्भेष्ट मार्फत् आवेदन गर्न सकिने छ । कम्पनीले आवेदन गर्न समस्या पर्नेहरुलाई लाइभ कलबाट पनि निर्देशित वा सहयोग गर्ने गर्छ । कम्पनीलाई सेयर जारी गर्न अमेरिकी धितोपत्र कारोबार आयागले अनुमती दिएको हो भने त्यहाको जब्स एक्ट २०१२ को प्रावधान अनुसार सेयर निष्कासन हुन लागेको हो । कम्पनीले जारी गर्ने सेयर तत्काल भने अमेरिकी सेयर बजारमा सूचीकृत हुने छैन् । तर यसपछि गर्ने प्राथमिक सेयर निष्कासन लगत्तै भने अमेरिकी सेयर बजारमा कम्पनीको सेयर सूचीकृत हुने भएको छ ।

हाल यस कम्पनीको मूल्यांकन ९ करोड ३० लाख डलर बराबर रहेको छ भने प्रतिसेयरको मूल्य२३ डलर रुपैयाँ छ । कम्पनीले केही महिनामा भारतबाट विश्वव्यापी रुपमा मोबायल एप्लिकेशन पनि सार्वजनिक गर्ने भएको छ ।

हाल मिनि आइपीओबाट उठेको रकम कम्पनी बिस्तारमा लगाउने उल्लेख गरेको छ । कम्पनीले यसै रकमबाट उठेको करिब ३० करोड रुपैयाँ नेपालमा बैदेशिक लगानीको रपमा ल्याउने भएको छ । यसबाट नेपालमा कम्पनीको लागि आवश्यक सोध केन्द्र बनाउने लगायतका काम गरिने भएको छ । कम्पनीले सञ्जाल प्रयोग गर्ने प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व रहने प्रणालीको बिकास गर्ने समेत स्पष्ट पारेको छ । हाल भने कम्पनीको यस्तो सञ्जाल ४ लाख २५ हजारले प्रयोग गरिरहेका छन् । प्रत्येक प्रयोगकर्तालाई ५ प्रतिशत सेयर स्वामित्व दिने योजना अनुसार नेपालमै रहेकाहरुले समेत पाउँने व्यवस्थाको लागि छलफल भइरहेको पनि जानकारी गराएको छ ।

कम्पनीको सञ्जालमा प्रकाशित हुने विज्ञापन आम्दानीको स्रोत को रुपमा रहेको छ । त्यस्तै, भविष्यमा बैंक, ग्राहकको लागि अमेरिका लगायतका देशका कम्पनीहरुले दिने छुट, उपहारहरु सम्बन्धीत व्यक्तिलाई पठाउन सकिने गरि स्मार्ट कार्डको बिकास गरेर सेवा दिने समेत योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?