Breaking News

एटिएमको पासवर्ड किन ४ अङ्कको मात्रै हुन्छ ?

Feb Tue 2020 05:40:19

537 views

एटिएमको पासवर्ड किन ४ अङ्कको मात्रै हुन्छ ?

अहिले सर्वाधिक प्रयोगमा आएको पैसा झिक्ने सजिलो मेसिन हो एटिएम । बैंक खातामा राखिएको पैसालाई आवश्यकता परेको बखत खल्तीमा सार्न र किनमेल गर्न एटिएमले निक्कै ठूलो सहयोग पुर्याएको छ । मानिसको सुविधाको लागि यसको प्रयोग गरिन्छ ।  सजिलो, सहजै र जतिबेला पनि पैसा निकाल्न सकिने भएकाले नै एटिएमलाई 'एनी टायम मनी' पनि भन्ने गरिन्छ तर एटिएमको वास्तविक अर्थ, 'अटोमेटेड ट्रेलर मसिन' हो । एटिएमको आविष्कार जोन एड्रियन शेफर्ड बेराँनले गरेका हुन् । एटिएमको प्रयोग सन् १९६७ देखि सुरु गरिएको हो । एटिएम मसिनका आविष्कारक भारतको पूर्वोत्तर राज्य मेघालयको राजधानी सिलोङमा जन्मिएका हुन् भनिएको छ । एटिएमका आविष्कार जोन एड्रियन शेफर्ड बेराँन एटिएम मसिनबाट पैसा निकाल्न एक कार्डको प्रयोग गरिन्छ । सो कार्डलाई मसिनमा छिराएपछि सुरक्षा नम्बर अर्थात् पासवर्ड हाल्नु पर्ने हुन्छ । त्यो पासवर्ड जहाँ पनि र जहिले पनि ४ अङ्कको मात्रै हुने गर्दछ । सो पासवर्ड किन ४ अङ्कको मात्रै हुन्छ ? भन्ने विषयमा निक्कै रोचक प्रसङ्ग रहेको छ ।  एटिएमका आविष्कारक बेरानले सर्वप्रथम ६ अंकको पासवर्ड प्रस्ताव गरेका थिए । तर उनकी पत्नीले अस्विकार गरेकाले त्यो प्रस्ताव  फिर्ता लिए । बेरान पत्नी केरोलिन लामो अङ्क सम्झन सक्दिन थिइन्, उनलाई लामो अंक सम्झिन निक्कै मुस्किल पर्थ्यो भने ४ अंकसम्म सम्झिन सक्थिन । सोही कारणले श्रीमतीले ४ अंकको मात्रै पासवर्ड राख्न अनुरोध गरेपछि बेरानले जम्मा ४ अङ्कको मात्रै पासवर्ड राखिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?