Breaking News

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ (भिडियोसहित)

Feb Tue 2020 05:40:57

659 views

अन्तरिक्षमा नासाले कसरी खेती गर्दैछ  (भिडियोसहित)

मंगल ग्रह वा अन्तरिक्षमा मानिस पठाउँदा धेरै खाना आवश्यक हुन्छ । मंगलमा मानिस पठाउँदा साँढे २ वर्षलाई पुग्ने खानाको व्यवस्था गर्नु जरुरी हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले अन्तरिक्षमा पनि हुर्किनसक्ने विरुवाहरु पठाउने विषयमा काम गरिरहेको छ । यो योजनामा अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमै फलेको खाना खुवाउन सकिन्छ । यहाँबाट जाँदा लगिने बिउहरुको तौल निकै कम हुन्छ । जसको कारण नासाको केनेडी स्पेस सेन्टरका वैज्ञानिकहरु अहिले यस विषयमा परीक्षण गरिरहेका छन् । उनीहरु अन्तरिक्षको वातावरणमा विरुवालाई कसरी हुर्काउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका हुन् ।

नासाले अहिले ल्याएको योजनाअनुसार आगामी दिनमा अन्तरिक्ष तथा चन्द्रमा तथा मंगल ग्रहमा पनि विरुवा उमार्न सकिने योजना रहेको छ । अहिले केनेडी स्पेस सेन्टरका वैज्ञानिकहरु फरक किसिमको प्रकाश तथा तापक्रममा आधारित रहेर कुन वातावरण राम्रो हुन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

नासाले अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)को वाातावरणको विषयमा पनि अध्ययन गरिरहेको छ । नासाले थोरै मात्र माटोमा पनि कसरी विरुवाहरु हुर्काउन सकिन्छ भन्ने विषयमा काम गरिरहेको हो । नासाले त्यसका लागि ‘हाइड्रोपोनिक्स’ र ‘एरोपोनिक्स’ गरी दुई प्रणालीको व्यवस्था गर्ने तयारी गरेको छ । यस किसिमको प्रक्रिया नासाको लागि त्यति सहज भने हुन नसक्ने जानकारहरुले बताउँदै आएका छन् । यो प्रणालीबाट धेरै फोहोर हुने र धेरै ठाउँ पनि आवश्यक हुने उनीहरुले बताउँदै आएका हुन् ।

पानीको स्वभाव पृथ्वीभन्दा बाहिर फरक हुन्छ । जसको कारण पृथ्वीभन्दा बाहिर केही दिमाग लगाएर विरुवालाई पुग्दो पानी दिन सकिन्छ । नासाले आईएसएसमा भने तरकारी खेती गरिरहेको छ । यो अनुसन्धानबाट आईएसएसमा रहेका वैज्ञानिकहरुले खेती गर्न र खान पनि सक्छन् ।  पहिलो परीक्षण कृत्रिमा माटोबाट भइरहेको छ ।

अहिले वैज्ञानिकहरु दोस्रो ग्रहहरुको माटोमा पनि खेती गर्न सकिन्छ कि भन्ने विषयमा अध्ययन गरिरहेका छन् । चन्द्रमा तथा मंगल ग्रहको माटो वास्तविक माटो नभएको कारण उक्त माटोमा खेती गर्नु अर्को समस्याको विषय हो । त्यसका साथै माटोमा हुने विभिन्न किसिमको रसायनहरुको कारण उत्पादकत्व पनि निकै कम हुने हुन्छ ।

[embedyt] https://www.youtube.com/watch?v=gdmQxfdJ4b0[/embedyt]

अहिलेसम्म मंगल ग्रहको माटोको विषयमा धेरै विवरणहरु नआइसकेको भएपनि त्यहाँको वातावरण पनि खेतीको लागि उचित नरहेको भने स्पष्ट भइसकेको छ । यद्यपि त्यसलाई पनि रसायनिक प्रक्रिया वा अन्य कुनै तरिकाको प्रयोग गर्ने विषयमा छलफल भइरहेको बताइएको छ तर यो विवरण भने सार्वजनिक गरिएको छैन ।

  • (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?