हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीमा चर्को विवाद भएको पाइन्छ । छुट्टा–छुट्टै बस्न पुग्ने, बारम्बार कुटपिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने क्रम बढ्दै जाँदा मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन्, अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनी श्रीमान् तथा परिवारसँगै छिन । उनी छिट्टै रिसाउने, जिद्धी गर्ने, तर्क गर्ने, एउटा काममा स्थिर रहन नसक्दा श्रीमान् तथा परिवारका अन्य सदस्य सँग उनको भनाभन भइरहन्छ ।
उनी कहिले रिस खप्न नसकेर रुन्छिन्, कहिले अरुलाई अपशब्द बोल्छिन् । परिवारको सदस्यसँग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काहि उनी ठूलठूला कुरा गर्छिन् राति निन्द्रा राम्रो पर्दैन । श्रीमान्सँग दिनहुँ कलह भइरहन्छ । उनी बढी फुर्तिलो देखिन्छिन् । उनलाई अस्पताल ल्याएपछि मात्र थाहा भयो हाईपोमेनिया रोग लाग्यो भनेर ।
त्यस्तै रमा १६ वर्ष किशोरी हुन् । उनि कक्षा ९ मा पढ्छिन् । गत १० दिन देखि उनी फरक देखिएकी छिन् । आजकल उनी बढी बोल्ने छिट्टै रिसाउने, निकै सिँगारपटार गर्ने गर्छिन् । उनी भन्छिन्, “म ३ दिन भित्र प्रधानमन्त्री बन्नेछु ।” आफूलाई फूर्तिलो, सिपालु, जोसिलो राम्री ठान्छिन् । तडक भडक निकै छ । विवाह गर्ने कुरा पटक–पटक गर्छिन् । एउटा काम नसक्दै अर्कोकाम सुरु गर्छिन् । उनले भनेको नमानेमा पिट्छिन । राती २–३ घण्टा सुतेपछि उठ्छिन्, रेडियो, टि.भी. हेर्छिन् र अरुलाई डिस्टर्व गर्छिन् । उनी मिठो खानेकुरा र पैसा मागिरहन्छिन् । अनि आफु धनी भएको फूर्ति लगाउछिन् ।
उनको लक्षण समयमा थाहा भएन तर जुन उनको लक्षण बढ्दै गयो । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ र निको हुंदै छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन एउटा काम सक्न नपाउँदा अर्को काम थाल्छ । विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री वन्छु म नेता बन्छु भन्छ । पैसा बाँड्ने, कुरा बढाई चढाइ बोल्ने, राती २–३ घण्टा मात्र सुत्ने, गीत गाउने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने । यो रोग पटक–पटक दोहोरिने भएकाले राम्रो विचार पुर्याउन जरुरी छ ।
हाइपोमेनिया यस्तो रोग हो, जसले मानिसको मन अस्थिर बनाउँछ । यो रोगले ग्रस्त मानिस बढी बोलिरहनु पर्ने खालका हुन्छन् । आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द बोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधैं चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । माथि उल्लेखित बिरामी यस्तो रोगको लक्षण बढी भएपछि अस्पताल आइपुगेका छन् ।
हाइपोमेनिया रोग लाग्दा श्रीमान्–श्रीमतीमा चर्को विवाद भएको पाइन्छ । छुट्टा–छुट्टै बस्न पुग्ने, बारम्बार कुटपिट भएको पनि भेटिएको छ । सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहा नै हुँदैन बिस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने क्रम बढ्दै जाँदा मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
यस्ता घटना समाजमा पटक पटक देखिरहन्छन । तर रोग लागेर यस्तो भएको कुरा सुरुमा थाहा पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौँ घटना घटन सक्छन् । मेनिया भनेको हाइपोमेनिया भन्दा कडा अवस्था हुने रोग हो ।
हाइपोमेनिया रोगका लक्षणहरु घमण्डी बन्ने, बढी फूर्ती लगाई कुरा गर्ने । धेरै खुशी हुने तर भनेको नमाने झनक्क रिसाउने । वढी आशावादी हुने सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने । मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने । वढी पैसा माग्ने वा खर्च गर्ने । पटक–पटक ऐना हेरिरहने । २\३ घण्टा सुते पनि निदा पुग्ने । एउटा काम सुुरु गर्न नपाउँदै अर्को थाल्ने वा छटपट हुने ।
उपचार रोगको शका लागे पछि बिरामीलाई रिस उठ्ने किसिमको व्यवहार नगर्ने अस्पताल लगि सम्बन्धित विषेशज्ञको सरसल्लाह लिई उपचार गर्ने । यो रोग एकपटक सुरु भए पछि अर्को पटक दोहोरिने समस्या ७०८० प्रतिशत रहन्छ । त्यसैले यसलाई जटिल मानसिक रोग मानिन्छ । अर्को पटक दोहरिँदा कहिले पहिलेकै लक्षणहरु दोहोरिन्छन् त कहिले उल्टो खालको वा डिप्रेसन हुने जस्तै दिक्क हुने, रुने, मर्छु भन्ने, राती निदाउन गाह्रो हुने देखिन्छ । यो रोग पटक–पटक दोहोरिने भएकोले यो रोग बारे राम्रो जानकारी हुनु अति आवश्यक छ ।
हाइपोमेनिया रोगवारे जान्नैपर्ने कुरा
हाइपोमेनिया रोगका बिरामी घमण्डी हुन्छन । उनीहरु आफूलाई बिरामी भन्न नरुचाउने, आफूले भनेको नभए झगडा गर्ने अरुलाई पिट्ने गर्छन् । त्यसैले यस्ता बिरामीसँग अनावश्यक बादविवाद गर्नुहुँदैन । नम्र भएर कुरा गर्नुपर्छ ।
हाइपोमेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानु पर्छ हाइपोमेनिया रोग निको भइसकेपछि पनि पटक–पटक बल्झिन सक्छ । नशा तथा मनोरोग बिशेषज्ञ डा सेडाई चितवन मेडिकल कलेजमा कार्यरत छन् ।
- See more at: http://swasthyakhabar.com/2016/07/55931.html#sthash.6Fhu2DH8.859eYbwU.dpuf