Breaking News

कुलमानको अल्टिमेटम: सवै इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

Feb Tue 2020 05:40:16

643 views

कुलमानको अल्टिमेटम: सवै इन्टरनेट र टेलिभिजन सेवा बन्द हुँदै

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज देशभरका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु काट्‍ने बताएको हो ।

विद्युत प्राधिकरणले एकलौटी ढंगमा २०७५ साउन १ देखि पोलमा तार टाङ‍्ने र अप्टिकल फाइबर बिछ्‍याएको भाडा दर ५०० प्रतिशतले वृद्धि गरेको र आफूहरुले तिर्नै नसक्ने बताउँदै सेवा बन्द गर्ने समन्वय समितिले जनाएको छ ।

 प्राधिकरणले एकलौटी रुपमा वृद्धि गरेको भाडा दर पुनरावलोकन गर्न इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले प्रधानमन्त्रीदेखि उर्जा, अर्थ र सञ्‍चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि तार काट्‍न बाध्य भएको जनाएको छ । समितिले टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीले तय गरेको नयाँ भाडा दरमा सम्झौता गर्ने विद्युत प्राधिकरणलाई सात दिनको समयसीमा तोकेको थियो ।

उक्त कम्पनीहरुले तार काटेसँगै देशभरका सम्पूर्ण इन्टरनेट सेवा तथा सञ्‍चारमाध्यमहरु प्रभावित हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?