Breaking News

साइवर थ्रेट र सुरक्षा बारेको चेतना बढाउदै इन्फोसेक नेपालको एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न

Feb Tue 2020 05:40:32

640 views

साइवर थ्रेट र सुरक्षा बारेको चेतना बढाउदै इन्फोसेक नेपालको एक दिने चेतनामुलक कार्यक्रम सम्पन्न
  • भरतराज उप्रेती
moe

                                               इन्टरनेट नै अहिलेको साइवर थ्रेट

सूचना प्रविधिको विकाससँगै यसका चुनौतीहरु थपिदै गएको छ । इन्टरनेट अहिलेको सूचना प्रविधिको भरपर्दो माध्यम भएकोेले साइवर थ्रिट इन्टरनेटबाटै बढी हुने गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । विकाशील देशहरुमा साइवर थ्रिटको चुनौती दोब्बर बढ्दै गइरहेको बिभिन्न तथ्यांकहरुले देखाइरहेका छन् । फिसिग, स्कामिगमार्फत इन्टिलिजेन्स अर्थात स्मार्ट फ्रड हुदै आएका छन् । नेपालमा अहिले साइवर थ्रेटको अवस्था सबैभन्दा बढी छ ।

rp_hacker.jpg

इन्टरनेट नै साइवर थ्रेट र अपराधको निशाना -कृष्ण प्रसाद पौडेल (आइटी निर्देशक , सर्वोच्च अदालत)

कार्यक्रममा विशिष्ट अतिथि सर्वोच्च अदालतका आइटी निर्देशक कृष्ण प्रसाद पौडेलले साइवर थ्रेट अहिलेको चुनौती भएकोले यसलाई वेवास्ता गर्ननहुने बताए । सूचना, नेटवर्क र डाटा सुरक्षामा थ्रेट बढिरहेकोले यी तीनै कुरालाई सुरक्षित बनाउने दायित्व स्टेक होल्डर, सर्भिस प्रोभाइडर र सर्भिस होल्डर अर्थात युजरहरु भएकोेले सबै संवेदनशील हुनुपर्ने बताए । इन्टरनेट नै साइवर थ्रेट र अपराधको निशाना भएकोले इन्टरनेट प्रयोगकर्ताहरुमाझ व्यापक जनचेतना फैलाउन सबै एकबद्ध भएर लाग्नुपर्नेमा पोडैलले जोड दिए ।

सूचना, डाटा र नेटवर्क सुरक्षामा सचेतता अपनाउन सरोकारवाला र प्रयोगकर्तालाई ध्यानाकर्षण

ह्याकर र साइवर अपराधीहरु प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेकाले आफ्नो कब्जामा कसरी लिने भन्ने कुरामा पोख्त बनिसकेका छन् । सोसल मिडिया प्रयोगले साइवर थ्रिएट र अपराधलाई बढाइरहेको छ । हप्तामा एक न एक जना साइवर अपराधको जालमा फसिरहेका घटनाहरु सार्वजनिक हुन थालिरहेका छन् । साइवर सुरक्षाको यस्तो भयावह चुनौती नेपालमा सृजना भएको छ । यसका लागि हामी प्रविधि प्रयोगकर्ताहरु होसियार र सचेत बन्न जरुरी छ । अरुलाई प्रविधिको उपादेयता बताइरहेका हामी पनि कुनै न कुनै प्रकारबाट साइवर थ्रिएटमा छौं । चाहे इन्टरनेटमार्फत सोसल मिडिया चलाउदा होस् या अनलाइन सपिङ गर्दा वा अनलाइन टान्जेक्सन एटीएमबाट पैसा निकाल्दा नै किन नहोस् सानो कुरालाई ख्याल नगर्दा साइवर अपराधको शिकार बन्न सक्छौ । यस्तो अवस्थालाई चिर्न व्यापक जनचेतनाको खाँचो देखिएको छ । आइसिटी युवा पुस्तालाई प्रविधि प्रयोगमा प्रोत्साहन गराउदै आइसिटी जनचेतना फैलाउन अहिलेको पहिलो आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै इन्फोसेक इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम नेपालले ललितपुर ग्वार्को अवस्थित एकडेमिया इन्टनेशननल कलेजमा ब्याचलर आइटी बिद्यार्थीमाझ साइवर सुरक्षाको जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नेटवर्क थ्रेटसँगै कार्ड स्क्याम र फ्रड बाट बचौ - अमरराज भण्डारी

इन्टरनेटमार्फत साइवर थ्रेट, मालवेयर, स्पाम, फिसिङ मार्फत एटीएम कार्ड फ्रड, कार्ड स्वेप फ्रड कसरी हुन्छ र त्यसका लागि हामी सचेत रहन के गर्ने भन्ने बारेको आधारभुत तर अति नै महत्वपूर्ण जानकारी आइटी एक्सपर्ट अमरराज भण्डारीले सहभागी बिद्यार्थीहरुलाई सरल र स्पष्ट तवरले दिनुभयो । इन्टरनेटमार्फत हुने साइवर थ्रेट बारेको ज्ञानको शेयरिङ र जनचेतना नै साइवर अपराधबाट बच्ने मुख्य उपाय हो राजभण्डारीले बताए ।

डाटा म्यानेजमेन्ट र सेक्युरिटीमा जोड दिऔं -दिव्य तारा शाक्य

बैकिङ तथा डाटा म्यानेजमेन्ट सेक्युरिटी विज्ञ दिव्य तारा शाक्यले साइवर थ्रेट सूचना, नेटवर्कको मार्फत डाटामा बढी केन्द्रित हुदै गएकोले डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । डाटा सुरक्षाको लागि डाटा व्यवस्थापनमा ल इन्फोर्सको मुख्य भूमिका हुने उल्लेख गर्दै बैकिङ तथा बित्तिय क्षेत्रसँगै कर्पोरेट हाउसहरुले डाटा सुरक्षाको लागि सेक्युरिटीका लेयरहरु बढाउदै लैजानुपर्ने बताइन् । ठूला अर्गनाइजेसन तथा कर्पोरेट हाउसहरुले सूचना सुरक्षा योजना साइवर सुरक्षा ल मार्फत इन्फोर्स गर्न ढिलाई गर्न नहुने समेत विज्ञ दिव्य ताराले बताउनुभयो ।

सोसल मिडियामार्फत हुने ह्याकिङबाट सचेत रहौ -  प्रताप नेम्वहाङ

सोसल मिडियामार्फत हुने ह्याकिङ जसमा पासवर्ड र डाटा चोरी नै साइवर क्राइम भएको लाबा नेपालका प्रताप नेम्वहाङले बताए । सोसल मिडियमा पासवर्डको डिजिट कसरी राख्ने र महत्वपूर्ण फाइललाई कसरी इन्क्रिप्ट गरी सुरक्षित गर्ने भन्ने बारेको महत्वपूर्ण जानकारी समेत नेम्वहाङले दिए । आइवर सेक्युरिटी वित्र तथा इन्फोसेक नेपालका संस्थापक निर्देशक डिल्ली प्रसाद शर्माले साइवर सुरक्षाको चेतना बिद्यार्थीबाटै राष्टियस्तरमा लैजानुपर्ने आवश्यकता रहेको बताए । शर्माले इमेल इन्टरनेटमार्फत हुने लोटरी स्काममा धेरै छिट्टै फस्ने भएकोले यसबारेको चेतना जनस्तरमा पुर्याउन सामाजिक स्तरबाट साइवर सुरक्षा चेतना अभियान नै थाल्नुपर्नेमा जोड दिए ।

सूचना र डाटा सुरक्षाको चेतनास्तर बृद्धिका लागि जनचेतना-  विक्रम श्रेष्ठ

कार्यक्रममा इन्टरनेट सोसाइटी च्याप्टर नेपालका अध्यक्ष तथा आइटी विज्ञ विक्रम श्रेष्ठले इन्टरनेट प्रयोग गेटवे खुल्ला गेटवे भएकोले यसको प्रयोगमा विभेद भौगोलिक प्राविधिक दुबै तवरबाट हुन नहुने बताए । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोगले नेपालमा साइवर स्पेस बढ्दै गएको उल्लेख गर्दै आम पब्लिक प्रयोगकर्ता माझ सूचना र डाटा सुरक्षाको चेतनास्तर बृद्धिका लागि जनचेतनाका बिभिन्न कार्यक्रमहरु बिभिन्न माध्यममार्फत सञ्चालन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो ।

साइवर थ्रेट र साइवर सुरक्षा कार्यक्रमका लागि इन्फोसेकलाई धन्यवाद- राजेशकाजी श्रेष्ठ (प्रिन्सिपल, एकाडेमिया कलेज)

एकाडेमिया कलेजका प्रिन्सिपल राजेशकाजी श्रेष्ठले इन्फोसेक नेपालले सूचना प्रविधिको विकास टेण्डसँगै देखा परेको ग्लोबल साइवर थ्रेट र सुरक्षा विषयमा सम्बन्धित विज्ञहरु मार्फत यसको ज्ञान र चेतना आफू सँगै एकाडेमिया कलेजका बिद्यार्थीहरुलाई दिने सहजता प्रदान गरिदिएकोमा विशेष धन्यवाद प्रकट गर्नुभयो । साथै आगामी दिनहरुमा अझ विस्तृत रुपमा डेलिभर गर्नका लागि समन्वयको अपेक्षा समेत व्यक्त गर्नुभएको थियो ।

सूचना प्रविधिका बिभिन्न डिभाइसमार्फत इन्टरनेटको प्रयोगले मालवेयर एडवेयर, रेनसमवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले नेपालमा साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । ‘साईबर थ्रेट रिपोर्ट २०१५’ र ‘इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ को प्रतिवेदन सार्वजनिक गर्दै रिगो टेक्नोलोजीले नेपालमा साइवर थ्रिएट र चुनौती खतराजनक रहेको उल्लेख गरेको छ । ह्याकिङ सर्च ट्रेन्ड्स’ मा नेपाल विश्वमै अगाडि रहेको देखाएको छ । नेपाल सरकारको वेभसाइटहरु ह्याकिङ हुने क्रम दोब्बर तेम्बर गुणा बढिरहेको छ । साइवर सुरक्षाको आधारभुत विधिहरु नपअनाउदा महत्वपूर्ण डाटाहरु कतिखेर चोरी हुने हो टुंगो छैन । प्रविधिको होडमा दैडिरहेका हामी प्रविधि प्रयोगमा सचेत नहुदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पुगिसकेका छौं ।

बढ्दो अपराधबाट बच्न अब पनि हामी सचेत नभए अरु को सचेत बन्ला भन्ने इन्टरनेट नै साइवर थ्रेट र अपराधको खुल्ला बाटो भएकोले इन्टरनेट प्रयोगलाई मजाक र समय कटाउने मेसोको रुपमा होइन सूचना र ज्ञानमुलक प्रयोगका लागि सबैलाई सचेत गराउन अब पनि ढिलाई गरे सूचना प्रविधि प्रयोगको जीवनको ठूलो भुल बन्न के बेर । बेलैमा आफू सचेत भई अरुलाई पनि सचेत बनाऔं । साइवर अपराधमुक्त समाजको विकास गर्रौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?