कम्प्युटर विज्ञ मुनि शाक्यलाई आइसिटी पायोनियर अवार्ड
लिविंङ वीथ आइसीटि मासिकले आयोजना गरेको ‘सुष्मित इन्टरनेश्नल आइसिटी स्टार्टअप अवार्ड २०१६’ सम्पन्न भएको छ । बुधबार काठमाडौंस्थित वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममका बीच उत्कृष्ट ४ कम्पनीलाई सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा सस्तो डिल प्रालि, कुल टेक्नो ल्याब एण्ड रिसर्च सेन्टर प्रालि, समार्ट समाज (नेप्फ्लाईट) र यल्लो नेपाल प्रालि क्रमश: उत्कृष्ट ठहरिएका छन् । यस्तै उत्कृष्ट १० मा पर्न सफल गुर्खा टेक प्रालि, मन्त्र आइडियाज प्रालि, ह्वाइटस्पेस प्रालि, एमिनेन्स वेज प्रालि, फुन्का टेक्नोलोजिज प्रालि र आइटेक नेपाल डटकम प्रालिलाई पनि कार्यक्रममा सञ्चारमन्त्री शेरधन राइले सम्मान गरेका थिए ।
कार्यक्रमकै अवसरमा नेपालका पहिलो कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई सञ्चार मन्त्री राईले आइसिटी पायोनियर अवार्ड २०१६ द्वारा सम्मानित गरिएको छ ।