Breaking News

ट्विटरमा अब बुकमार्क फिचर, मन परेका ट्विट सेभ गर्न सकिने

Feb Tue 2020 05:40:41

636 views

ट्विटरमा अब बुकमार्क फिचर, मन परेका ट्विट सेभ गर्न सकिने
ट्विटरले बुकमार्क फिचर थपेको छ । यो फिचरका कारण ट्विटरका प्रयोगकर्ताले अब मन परेको ट्विट सेभ गर्न, पछि पढ्ने गरी राख्न, सेयर गर्न र डाइरेक्ट म्यासेजमार्फत अरुलाई पठाउन सक्नेछन् । यो फिचर प्रयोग गर्न धेरै सजिलो छ । यो फिचर  ट्विटको ठीक तल ‘सेयर’ टुल नजिकै भेट्न सकिन्छ।  ट्विटलाई बुकमार्क गर्नका लागि सेयर बटनलाई ट्याप गरेर ‘एड ट्विट टु बुकमार्क’ मा सेलेक्ट गर्नुपर्नेछ । बुकमार्क गरेका ट्विटलाई पछि फेला पार्नका लागि तपाईको प्रोफाइल आइकनहरुमा बुकमार्कमा हेर्न सक्नुहुन्छ । बुकमार्क गरिएको ट्विटर जतिखेर पनि हटाउन सकिनेछ वा बुकमार्क गरिएका ट्विट हेर्नमात्रै पनि सकिनेछ । बुकमार्क फिचर संसारभरका ट्विटर प्रयोगकर्ताले चलाउन सक्नेछन् । आइओएस, एन्ड्रोइड, ट्विटर लाइट र मोवाइलमा ट्विटर चलाउनेहरुले समेत यो फिचर चलाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?