अहिले उनीहरूले बोस्टन स्याम्पलिङ कार्य सञ्चालनका लागि एक बहु फोटो क्वान्टम कम्प्युटिङको मूल रूप निर्माण गर्न सिंगल फोटोन सोर्सको उच्च भूमिका र फोटोनिक परिप्रेक्षमा कार्यक्रम बनाउन सकिने विद्युतलाई नियन्त्रण तथा निर्देश गर्ने माइक्रोचिप्स र ट्रान्जिस्टरहरू (इलेक्ट्रोनिक) विधिलाई उपयोग गरिरहेका छन् ।
परीक्षणले यो मूल रूपको (प्रोटोटाइप) स्याम्पलिङ दर अन्तर्राष्ट्रिय रूपमा उपलब्ध प्रतिस्पर्धी मेसिनहरूको तुलनामा कम्तीमा २४ हजार गुणा तीव्र गतिमा चल्ने दर्साएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अन्तरिक्षबाट हुने क्वान्टम संवादहरूको चोरी हुन सक्दैनन् । यो क्वान्टम भौतिकीको क्षेत्रमा आश्चर्यचकित पार्ने खालको अन्तर्दृष्टि हो । यसको प्रयोग भोलीको विश्वले कुन रूपमा गर्छ भन्ने कुरा भने प्रतीक्षाको विषय हो ।
ठिक यही बेला मूलरूपको क्वान्टम कम्प्युटिङ मेसिन पहिलो इलेक्ट्रोनिक कम्प्युटरको (इएनआइएसी) र पहिलो ट्रान्जिस्टर कम्प्युटर (टीआरएडीआईसी) तुलनामा १० देखि १०० गुणा तीव्रगतिमा काम गर्छ ।
ऊर्जा हरेक एकाइहरूमा अवस्थित रहन्छ जसरी वस्तुले काम गर्छ भन्ने प्रस्थापना राख्दै उनले पत्ता लगाए । यो प्रस्थापना अघि इलेक्ट्रोम्याग्नेटिक तरङ्ग एक अचर हुन्छ भन्ने प्रस्थापना थियो । आफ्नो प्रश्नको खोजीका लागि उनले गरेको प्रयत्न गरे । यी एकाईहरूको अस्तित्वलाई पहिलो क्वान्टम थ्योरीको प्रस्थापनाको रूपमा बुझियो ।
प्लानकले ऊर्जाका हरेक एकाईहरूलाई दर्साउन एक गणीतिय समीकरणको विकास गरे । जसलाई उनले क्वान्टा भने । यो समीकरणले त्यसलाई राम्ररी व्याख्या गर्छ । प्लान्कले निश्चित बेग्लाबेग्लै तापक्रमको स्तरमा कुनै चम्किलो वस्तुको ऊर्जाले रंगपुञ्जका विभिन्न क्षेत्रलाई ग्रहण गर्छ भन्ने विषय पत्ता लगाए ।
प्लान्कले परिकल्पना गरे कि क्वान्टाको खोजबाट अझ सिद्धान्तको उदय हुनेछ । यसले प्रकृतिको नियमलाई बुझ्न पूर्णरूपमा नयाँ तथा मौलिक बुझाइलाई विकास गर्नेछ । प्लान्कलाई १९१८ मा भौतिक पुरस्कारबाट सम्मानित गरियो । यसै सिद्धान्तलाई पछिल्लो सफलताले कम्प्युटिङमा प्रयोग गर्ने बाटो खोलेको छ ।