साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो ।
गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वाधिक कमजोर पासवर्डहरूमा १२३४५६, पासवर्ड, १२३४५६७८९, १२३४५६७८, १२३४५, ११११११, १२३४५६७, सनसाइन, क्वर्टी, आइलभयु, प्रिन्सेस, एडमिन, वेलकम, ६६६६६६, एबीसी १२३, १२३१२३, मंकी, ६५४३२१, चार्ली, एए१२३४५६, डोनाल्ड, पासवर्ड१ र क्वर्टी१२३ रहेका छन ।
आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको इमेल र फोन नम्बर तपाईं आफ्नो नियन्त्रणमा हुनुले आफ्नो गोपनियता चोरी हुनबाट बच्न सकिन्छ ।