Breaking News

​शेयरधनीलाई कृषि विकास बैंकले १५ प्रतिशत बोनश र ५० प्रतिशत हकप्रद शेयर दिने

Feb Tue 2020 05:40:52

244 views

​शेयरधनीलाई कृषि विकास बैंकले १५ प्रतिशत बोनश र ५० प्रतिशत हकप्रद शेयर दिने

काठमाडौं । कृषि विकास बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने हिजो विहिबार बसेको बैंक संचालक समितिको बैठकले निर्णय गरेको छ । गत बर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर तथा बोनशपश्चात ५० प्रतिशत हकप्रद शेयर र  कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको हो ।  गतवर्षमा बैंकले १ अर्ब ८८ करोड रुपैंया खुद नाफा कमाएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।  बैंकको अग्राधिकार शेयरलाई साधारणमा रुपान्तरण गरेर चुक्तापूँजी आठ अर्ब पुर्याउने योजना रहेकोमा अर्थमन्त्रालय असहमति जनाएको छ । सरकारको ६ अर्ब ४३ करोड ६८ लाख रुपैंयाको अग्राधिकार शेयर तथा सर्वसाधारणको ३ अर्ब ४२ करोड ४० लाख रुपैंया गरि बैंकको ९ अर्ब ८६ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । बैंकको जगेडा कोषमा ५ अर्व ३६ करोड १६ लाख रुपैया रहेको छ । केन्द्रिय बैंकले प्रिफेन्सियल शेयर चलाउन नपाउने भनेपछि कृषि विकास बैंकको ३ अर्ब ४२ करोड ४० लाख रुपैंया मात्र चुक्ता पूँजी रहेको छ । बैंकले ३ अर्ब ४२ करोड ४० लाख रुपैयाँ चक्तापूँजीमा १५ प्रतिशत बोनश थपेर ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । ५१ करोड ३६ लाख रुपैयाँ बराबरको बोनश वितरण पश्चात बैंकको चुक्तापुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुग्नेछ भने त्यसपछि ५० प्रतिशत हकप्रद जारी गरेपछि ५ अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?