Breaking News

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर गर्छ, त्यसैले यसो गरौं – डा. भगवान कोइराला

Feb Tue 2020 05:40:13

232 views

मोबाइल धेरै चलाउँदा स्वास्थ्यमा असर गर्छ, त्यसैले यसो गरौं – डा. भगवान कोइराला

 हिजोआज मोबाइल साथमा नहुने मानिस कमै होलान् । फोन गर्न मात्र नभएर इमेल, इन्टरनेट चलाउन, गेम खेल्न पनि मोबाइलको प्रयोग धेरै हुन्छ । तर मोबाइल फोनको प्रयोग धेरै गर्दा यसले स्वास्थ्यमा हानी पुर्याउँछ । वरिष्ठ डाक्टर भगवान कोइरालाका अनुसार मोबाइलको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएका छन् । अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका उहाँको भनाई छ । त्यसैले मोबाइल फोन चलाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ । मोबाइल चलाउनेहरुलाई डाक्टर कोइरालाको सुझाव यस्तो छ : १ . मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन । २ . राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १।८ मीटर पर राख्नुस् । ३.मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् । ४ . गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ । ५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् । ६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ । ७. पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो । ८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ । ९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ । यसबाहेक मोवाइल किन्दा SAR (Specific Absorption Rate) हेर्नुस् । जति कम SAR उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ । (डा. कोइरालाको फेसबुक पेजबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?