अनआइडेन्टीफाइड फ्लाइङ अब्जेक्ट अर्थात उडन तस्तरीको खोजी गर्नेहरुको समूहले सूर्य एलियनहरुको कब्जामा रहेको दावी गरेका छन् । उनीहरुले सूर्यको वरपर अनौठा जहाजहरु देखिएको रहस्यमय तस्बिरहरु सार्वजनिक गरेका छन् । विज्ञानले अनुमान गरेभन्दा धेरै टाढाको यो दावीलाई वैज्ञानिक जगतले भने पत्याएको छैन ।
६–७ वर्षअघि रसियाली वैज्ञानिकहरुले सूर्यको छेउबाट दिनहुँ उडन तस्तरी जाने गरेको दावी गरेका थिए । अहिले सूर्यलाई कब्जामा लिएको विषयका सम्बन्धमा सूर्यसम्बन्धी अनुसन्धान गर्ने अवलोकन केन्द्रबाट सूर्यको छेउमा विभिन्न आकृतिहरु देखिएको छ ।
केही मानिसहरुले त ती आकृतिहरु एलियन हुन् र तिनीहरुले सूर्यबाट दूर्लभ र शक्तिशाली तत्वहरु झिकेर लगिरहेका छन् भन्ने दावी गरेका छन् ।
एक यूट्यूबर र उडन तस्तरीखोजकर्ताले यो साता सूर्यको वरपर कैयन उडनतस्तरीहरुले उडान भरेको दावी गरेका छन् । यस्तो घटना पहिलो नभएको उनको मत छ । चन्द्रमाका सम्बन्धमा शंका गर्ने सन्देहवादीले झै सूर्यकावारेमा पनि यस्तै सनसनी मच्चाउनेहरुको जमात ठूलो छ । उनहरुले भनिरहेका छन्, ‘नासालाई यस विषयमा धेरै जानकारी छ । तर उसले केही भनिरहेको छैन । सूर्यलाई कसले कब्जामा राखेको छ, त्यो जान्ने अधिकार जनतालाई छ ।’
यस्ता कुराहरु निश्चिय पनि हामीलाई हास्यास्पद लाग्न सक्छ । जबसम्म वैज्ञानिकहरुले यस्ता विषय पुष्टि गर्दैनन् तब सम्म यस्ता दावीहरुले केवल ‘हल्ला’को मान्यतामात्रै पाउँछन् ।